नेपाल र अमेरिकाबीचको खेल टाई!

[sharethis-inline-buttons]

एजेन्सी –

अलराउन्डर आदिल अन्सारीले अन्तिम ओभरमा उत्कृष्ट बलिङ गरेपछि आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा नेपाल र अमेरिकाबीचको खेल नाटकीय रुपमा टाई भएको छ । जितको लागि २ सय ७५ रनको विजयी लक्ष्य पछ्याएको अमेरिकाले ५० ओभरमा ६ विकेट गुमाउँदै २ सय ७४ रन बनायो । अमेरिकालाई जितको लागि अन्तिम ६ बलमा ६ रन चाहिँएको अवस्थामा आदिल अन्सारीले पाँच रन खर्चिदै खेल ट्राई गराए । दुबै टोलीले खेलमा एक एक अंक बाँडेका छन् ।

अमेरिकालाई अन्तिम दुई बलमा एक रन जितको लागि चाहिँएको थियो । पाँचौं बलमा आरोन जोन्सलाई रोहित पौडेलले उत्कृष्ट क्याचका साथ २६ रनमा पेभेलिएन फर्काए । अन्तिम बलमा राहुल जरिवाला रन आउट हुँदै नेपालले नाटकीय रुपमा खेल टाई गराएको हो ।
अमेरिकाका स्टिभन टेलरले १ सय २३ बलमा ११ चौका र ३ छक्कासहित १ सय १४ रनको शतकीय इनिङ खेले ।

उनको यो अन्तर्राष्ट्रिय करिअरको पहिलो शतक हो । उनी ओडिआईमा शतक प्रहार गर्ने चौथो अमेरिकी खेलाडी हुन् । अमेरिकाको ओडिआईमा पाँचौं शतक हो ।अमेरिकाका रस्टी थेरनले ९।२ ओभरमा ५६ रन खर्चेर ४ विकेट लिए । सौरभ नेत्रवालकारले १० ओभरमा ३२ रन खर्चेर २ विकेट लिए । अली खानले १० ओभरमा ६२ रन खर्चेर २ विकेट लिए । निसर्ग पटेल र यासिर मोहम्मदको नाममा १(१ विकेट रह्यो ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...