जरायोको सिगंसहित जनकपुरधामबाट दुई जना पक्राउ

[sharethis-inline-buttons]

आज्ञा सम्वाददाता
धनुषा
धनुषा प्रहरीले जनकपुरधाम उपमहानगरपालिका २४ बाट जरायोको सिगंसहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जनकपुरधाम उप महानगरपालिका २४ बस्ने २० बर्षका सोनु पाण्डे र महोत्तरीको महोत्तरी गाउँपालिका ३ बस्ने रितेश कुमार पाण्डे रहेका छन् ।

प्रहरीले उनीहरूको साथबाट खैरो रंगको ३ सिंगे १ थान र कालो रंगको २ सिंगे १ थान काटिएको जरायोको सिंग बरामद गरेको धनुषा प्रहरीका प्रबक्ता डिएसपी प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए ।

सिंग बेचबिखन भइरहेको सूचनाको आधारमा पुगेको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरि आवश्यक कार्वाहीको लागि वन डिभिजन कार्यालयको जिम्मा लगाएको हो।
प्रहरी श्रोतका अनुसार ६ लाख रुपैयाँमा उक्त सिंग बिक्रि हुन लागेको थियो ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...