आइपिएलको फाइनलमा पुग्न राजस्थान र बेंगलोर भिड्दै

[sharethis-inline-buttons]

एजेन्सी –

इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ को दोस्रो क्वालिफायरमा आज राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स बेंगलोरबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार साँझ ७ : ४५ मा नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा सुरु हुनेछ । आजको विजेता टोली फाइनलमा पुग्नेछ । राजस्थान पहिलो क्वालिफायरमा गुजरात टाइटन्ससँग ७ विकेटले पराजित हुँदै बाहिरिएको थियो । अन्तिम ६ बलमा १६ रन चाहिँएको अवस्थामा डेविड मिलरले प्रसिद्ध कृष्णलाई सुरुवाती तीन बलमा लगातार छक्का प्रहार गर्दै गुजरातलाई फाइनलमा पुर्याएका थिए । बेंगलोर भने एलिमिनेटर खेलमा लखनऊ सुपर जायन्ट्सलाई १४ रनले हराउँदै दोस्रो क्वालिफायरमा स्थान बनाएको हो ।

बेंगलोरले सन् २०१६ पछि हालसम्म फाइनल खेल्न सकेको छैन । राजस्थान पहिलो संस्करणको २००८ को आइपिएल च्याम्पियनपछि फाइनल सम्मको यात्रा तय गर्न सकेको छैन । राजस्थानमा यस सिजनमा सर्वाधिक रन बनाउने ब्याटर जस बटलर र विकेटलिने बलर स्पिनर युजभेन्द्र चहल छन् ।मध्यक्रममा सञ्जु स्यामसन र शिम्रन हेटमायरको प्रदर्शनले धेरै महत्वपूर्ण राख्नेछ । अहमदाबाद स्पिनर उपयोगी पिच मानिन्छ । त्यसैले दुबै टोलीको स्पिनरको प्रदर्शन महत्वपूर्ण हुनेछ ।

तुलनात्मक रुपमा बेंगलोर भन्दा राजस्थानको स्पिन आक्रामण मजबुत छ । राजस्थानका दुई स्पिनर रविचन्द्रन आश्विन र चहल घातक बन्न सक्छन् । पर्पल क्यापको दौडमा रहेका उनीको प्रदर्शन मध्यक्रममा महत्वपूर्ण हुनेछ । बेंगलोरको डेथ ओभर बलिङ उत्कृष्ट छ । जोश हेजलवुड र हर्षल पटेलले उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । हर्षलले १९ र हेजलवुडले यस सिजनमा १८ विकेट लिएका छन् । आजको विजेताले फाइनलमा आइतबार गुजरातसँग प्रतिस्पर्धा गर्नेछ ।

हेड टु हेड :

आइपिएलमा राजस्थान र बेंगलोरबीच कुल २७ खेल भएका छन् । राजस्थान ११ र बेंगलोर १३ खेलमा विजयी भएका छन् । जारी सिजनका दुई खेलमा दुबै टोली एक एक खेलमा विजयी भएका छन् ।पहिलो खेलमा बेंगलोर ४ विकेटले विजयी हुँदा दोस्रो खेलमा २९ रनले पराजित भएको थियो । पछिल्ला पाँच प्रतिस्पर्धामा बेंगलोर चार खेलमा विजयी भएको छ ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...