काठमाडौँ -४ मा पर्ने सबैजसो वडामा पराजित:गगन थापा

[sharethis-inline-buttons]

काठमाडौं-

२०७४ सालको संसदीय निर्वाचनमा नेपाली काँग्रेसका महामन्त्री गगन थापाले जितेको काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ मा स्थानीय तह निर्वाचन २०७९ मा नेकपा (एमाले)ले जितेको छ । थापाको निर्वाचन क्षेत्रमा बूढानीलकण्ठ नगरपालिकाका ८ वटा वडा र काठमाडौँ महानगरपालिकाका ४ वटा वडा पर्दछन् । बूढानीलकण्ठ नगरपालिकाका वडानम्बर १, २, ८, ९, १०, ११, १२ र १३ काठमाडौँको ४ नम्बर निर्वाचन क्षेत्रमा पर्छन् । यी सवै वडाको वडाध्यक्ष एमालेले जितेको छ ।

यस्तै बूढानीलकण्ठको मेयर र उपमेयरमा पनि एमाले विजयी भएको छ ।यो नगरपालिकाको वडा नम्बर १ मा एमालेका सुरेन्द्र लामाले ८४५ मत ल्याएर विजयी बन्दा काँग्रेसका उम्मेदवार उत्तम खड्काले ४७३ मत पाए भने वडानम्बर २ एमालेकै राजेन्द्र श्रेष्ठ ११६० मतले निर्वाचित हुँदा काँग्रेस उम्मेदवार जनक थापा १०८३ मतमा चित्त बुझाउन बाध्य भए ।वडानम्बर ८ मा सुमन तामाङ,९ मा सुमित्रा त्रिपाठी र १० मा नवराज भट्टराई निर्वाचित भए ।

वडानम्बर ८ मा एमालेका तामाङले १५२२ मत ल्याउँदा काँग्रेस वडाध्यक्षका उम्मेदवार राजाराम थापाले १०६८ मतमात्रै पाए । ९ नम्बरमा एमालेकी त्रिपाठीले ९४८ मतसहित विजयी बन्दा काँग्रेसका गणेशकुमार कोइरालाले ८७५ मत मात्र पाए । १० नम्बर वडामा एमालेकै नवराज भट्टराईले २५८१ मत ल्याएर विजयी बन्दा काँग्रेसका डोरप्रसाद आचार्यले १३११ मत मात्रै पाए ।

११ नम्बर वडामा एमालेका राजु अधिकारी १२९३ मत ल्याएर निर्वाचित हुँदा काँग्रेस उम्मेदवार राधेश्याम कार्कीले १२५५ मत मात्रै पाए ।२०७४ को संसदीय निर्वाचनमा काँग्रेसका थापा र एमालेका राजन भट्टराईबीच प्रतिस्पर्धा भएको थियो । त्यसबेला थापाले २१ हजार ५५८ मतसहित निर्वाचित भएका थिए । उनका प्रतिस्पर्धी एमालेका राजन भट्टराईले १८ हजार १४० मत पाएर पराजय भएका थिए ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...