बर्दिवासमा आचार संहिता उल्लंघनका घटना बढ्दै

[sharethis-inline-buttons]

आज्ञा सम्वाददाता
महोत्तरी
स्थानीय तहको निर्वाचन दिन प्रतिदिन नजिकिँदै गर्दा महोत्तरीको बर्दिवासमा आचार संहिता उल्लंघनका घटनाहरु समेत बढ्दै गएको छ। प्रमुख राजनीतिक दल तथा स्वतन्त्र उमेदवारले निर्वाचनका क्रममा कुनै पनि आचार संहिता उल्लंघनका गतिविधि नगर्ने प्रतिवद्धता जनाए पनि पछिल्लो समय त्यस्ता घटना बढदैगईरहेको पस्ट देखिन्छ।

प्रमुख राजनीतिक दल लगायत साना दलहरु त्था स्वतन्त्र उमेदवारले निर्वाचन आचार संहित विपरीत गतिविधि गरिरहेका छन्।

निर्वाचनको प्रचार प्रसारका क्रममा डिजे सहित ¥याली, बालबालिकाको प्रयोग, गाडीमा तोकिए भन्दा ठूला साइजका झण्डा, दोबाटोमा झण्डा टाँग्ने, हर्न स्पिकरको प्रयोग जस्ता तामझामका कार्य भइरहेको प्रस्ट देख्न पाईन्छ।

त्यस्तै, प्रचार प्रसारमा विभिन्न विद्यालयका शिक्षक र कर्मचारीले समेत सामाजिक सञ्जालमा पार्टीलाई भोट माग्ने देखि भौतिक रुपमा समेत निर्वाचन प्रचार प्रसार मात्रै नभई घर दैलोमा उम्मेदवारलाई भोट माग्न तल्लिन देखिन्छन।

 

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...