देउवाले आज भारतीय समकक्षी मोदीसँग भेटवार्ता गर्दै

आज्ञा सम्वाददाता
काठमाडौ
प्रधानमन्त्री शेरबहादुर देउवाले भारतको तीन दिने औपचारिक भ्रमणको शनिबार (आज) दिउँसो आफ्ना समकक्षी तथा भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीसँग भेटवार्ता गर्ने भएका छन् ।

पूर्वनिर्धारित कार्यक्रम अनुसार देउवा र मोदीबीच हैदरावाद हाउसमा भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । उक्त वार्तामा नेपाल र भारतीय पक्षबीचको प्रतिनिधिमण्डलस्तरीय छलफल हुनेछ । वार्तामा दुवै देशबीच ऊर्जा, कृषि, स्वास्थ्य तथा यातायातजस्ता विषयमा महत्वपूर्ण घोषणा हुने जनाइएको छ ।

समकक्षी मोदीले हैदरावादमा प्रधानमनत्री देउवाको सम्मानका लागि दिवाभोजसमेत आयोजना गर्ने कार्यक्रम रहेको छ ।
त्यस्तै ३५ किलोमिटर लामो जयनगर–कुर्था रेलसेवा तथा भारत सरकारको सहयोगमा निर्मित सोलु करिडोर प्रसारण लाइनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । त्यसपछि नेपालमा निर्माणाधीन १३२ वटा स्वस्थ्य सेवा केन्द्रको प्रगतिबारे दुवै प्रधानमन्त्रीले भिडियोमार्फत जनाइएको छ ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...