प्रथम बर्दिबास मेयर गोल्डकप फुटबलको आज भएको खेलमा सहलेश युवा क्लब सिरहा विजयी

आज्ञा सम्वाददाता
बर्दिवास
महोत्तरीको बर्दिवासमा भईरहेको प्रथम बर्दिबास मेयर गोल्डकप फुटबलको  तेश्रो खेलमा अाज सहलेश युवा क्लब सिरहा विजयी भएको छ ।
खेलको पहिलो हाफमा दुवै टिममध्ये कसैले पनि गोल गर्न नसकेपछी खेलको ५२औं मिनेटमा सहलेश युवा क्लब सिरहाका रुपक लामाले पहिलो गोल गरेका थिए । त्यस्तै खेलको ७०औं मिनेटमा सोही क्लबका आर्मनले दोस्रो गोल गरेर डकाहा सिन्धुलीलाई २–० ले हराउँदै सहलेश विजयी भएको हो ।
आज भएको खेलमा सहलेशका रुपक लामा म्यान अफ द म्याच घोषित भएका छन् ।
मेयर गोल्डकप फुटबलको शनिबार हुने चौथो खेलमा बर्दिबास–११ र धनुषा–११ बीच प्रतिस्पर्धा हुनेछ । बर्दिबास मेयर गोल्डकप फुटबल चैत २ गतेसम्म चल्ने आयोजकले जनाएको छ।

 

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...