लालबन्दीको तरकारी बजारमा एक पुरुष मृत अवस्थामा भेटिए

[sharethis-inline-buttons]

आज्ञा खबर
सर्लाही

सर्लाहीको लालबन्दी नगरपालिका–७ स्थित डुमडुमे थोक तरकारी बजार परिसरमा बुधबार दिउँसो एक पुरुष मृत अवस्थामा फेला परेका छन्।

मृतक लालबन्दी नगरपालिका–७ कै ४२ वर्षीय उमेश विश्वकर्मा रहेको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय लालबन्दीका प्रमुख प्रहरी निरीक्षक श्याम थापा मगरका अनुसार विश्वकर्मा बजारभित्र रहेको शौचालयको प्रवेशद्वार नजिक अचेत अवस्थामा भेटिएका थिए। जाँच गर्दा उनको घटनास्थलमै मृत्यु भइसकेको पुष्टि भएको थियो।

घटनाबारे जानकारी प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थल पुगेको थियो। आवश्यक मुचुल्का तथा प्रारम्भिक अनुसन्धानपछि शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा पठाइएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा अत्यधिक मदिरा सेवनका कारण मृत्यु भएको हुन सक्ने आशंका गरिएको भए पनि मृत्युको वास्तविक कारण पोस्टमार्टम प्रतिवेदन आएपछि मात्रै स्पष्ट हुने बताइएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

 

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...