बर्दिबासबाट खैरो हिरोइनसहित एक जना पक्राउ

[sharethis-inline-buttons]

आज्ञा खबर
बर्दिबास

महोत्तरीको बर्दिबासबाट ४ ग्राम ४ सय६० मिलिग्राम लागूऔषध खैरो हिरोइन (ब्राउन सुगर) सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय बर्दिबास र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय बर्दिबासबाट खटिएको संयुक्त प्रहरी टोलीले विशेष सूचनाको आधारमा साउन १ गते दिउँसो करिब १ बजे बर्दिबास नगरपालिका–१ स्थित पूर्वपट्टी बस काउन्टर अगाडिबाट पक्राउ गरेकोहो। पक्राउ पर्नेमा धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका–४ निवासी ३५ वर्षीय सुनिल साह

रहेका छन । प्रहरीका अनुसार शंकास्पद रूपमा हिँडडुल गरिरहेका साहको शरीर तथा उनले बोकेको रातो रंगको झोला खानतलासी गर्दा पहेँलो प्लास्टिकभित्र सेतो प्लास्टिकमा राखिएको लागूऔषध बरामद भएको थियो। बरामद पदार्थको कुल तौल प्लास्टिकसहित ६ ग्राम ५९० मिलिग्राम र प्लास्टिकबाहेक शुद्ध तौल ४ ग्राम ४ सय ६० मिलिग्राम रहेको प्रहरीले जनाएको छ।

पक्राउ परेका साहलाई आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बर्दिबासमा राखिएको थियो। प्रहरीले साउन ३ गते उनलाई महोत्तरी जिल्ला अदालतमा उपस्थित गराएकोमा अदालतले १० दिनको म्याद थप गरी लागूऔषधसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक पञ्चलाल गोलेले जानकारी दिएका छन्।

 

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...