मधेश प्रदेशको राजस्व संकलन ३२ अर्ब ८८ करोड, लक्ष्यभन्दा करिब ३० प्रतिशत कम

[sharethis-inline-buttons]

आज्ञा खबर
जनकपुरधाम

मधेश प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ मा कुल ३२ अर्ब ८८ करोड ६० लाख रुपैयाँभन्दा बढी राजस्व तथा विभिन्न शीर्षकका आम्दानी प्राप्त गरेको जनाएको छ। प्रदेश सरकारले तय गरेको लक्ष्यको तुलनामा यो करिब ७० प्रतिशत मात्र रहेको अर्थ मन्त्रालयले जनाएको छ।

मन्त्रालयका तथ्यांक अनुसार प्रदेशको आफ्नै स्रोतबाट अर्ब ७६ करोड ५६ लाख रुपैयाँ आन्तरिक राजस्व संकलन भएको छ। प्रदेशको आम्दानीमा घरजग्गा रजिस्ट्रेशन तथा सवारी साधनसम्बन्धी राजस्वको योगदान सबैभन्दा बढी देखिएको छ।

गत आर्थिक वर्षमा घरजग्गा रजिस्ट्रेशन शुल्कबाट अर्ब ७७ करोड ९५ लाख रुपैयाँ तथा सवारी साधन करबाट अर्ब २७ करोड ८० लाख रुपैयाँ राजस्व उठेको छ। त्यसैगरी सवारी चालक अनुमति पत्र, सवारी दर्ता दस्तुर, यातायात सेवा शुल्क तथा ढुंगा, गिट्टी र बालुवा बिक्रीबाट पनि उल्लेख्य रकम संकलन भएको मन्त्रालयले जनाएको छ।

संघीय सरकारबाट बाँडफाँट हुने राजस्वअन्तर्गत प्रदेशले मूल्य अभिवृद्धि कर (भ्याट) शीर्षकमा अर्ब ८६ करोड ८५ लाख रुपैयाँ र अन्तःशुल्क करबाट अर्ब २० करोड ४३ लाख रुपैयाँ प्राप्त गरेको छ। यसबाहेक समानीकरण, सशर्त चालु तथा सशर्त पुँजीगत अनुदानमार्फत पनि प्रदेश सरकारले अर्बौं रुपैयाँ प्राप्त गरेको मन्त्रालयको विवरणमा उल्लेख छ।

अर्थ मन्त्रालयका सूचना अधिकारी अंशकुमार झाका अनुसार गत वर्ष अपेक्षाअनुसार राजस्व वृद्धि हुन नसक्नुका प्रमुख कारणमध्ये आर्थिक मन्दी, घरजग्गा कारोबारमा आएको सुस्तता तथा नयाँ सवारी साधनको बिक्रीमा आएको गिरावट हुन्। साथै भदौ महिनामा भएको आन्दोलनका क्रममा राजस्व संकलन गर्ने केही सरकारी कार्यालयमा भएको भौतिक क्षतिले समेत राजस्व व्यवस्थापनमा असर परेको उनले बताए।

मन्त्रालयले आगामी आर्थिक वर्षमा राजस्वको दायरा विस्तार, कर प्रशासनलाई थप प्रभावकारी बनाउने तथा आर्थिक गतिविधि चलायमान बनाएर राजस्व संकलनमा सुधार ल्याउने लक्ष्य लिएको जनाएको छ।

 

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...