माधव पौडेल
वर्दिबास
महोत्तरीको वर्दिवास नगरपालिका वडा नम्बर–२, वुद्धचौकका नागरिकलाई विद्युतीय चुल्हो वितरण गरिएको छ । आर्थिक वर्ष २०८२–०८३ को लागत साझेदारीको आधारमा त्यहाँका नागरिकलाई विद्युतीय चुल्हो वितरण गरिएको हो । वैकल्पिक उर्जा प्रवद्र्धन केन्द, नगरपालिका तथा लाभग्राहि विचको साझेदारीमा चुल्हो वितरण गरीएको हो ।
वडा नंं. २ को वडा कार्यालयको आयोजनामा एक औपचारिक कार्यक्रमका बीच वर्दिवास नगरपालिकाका नगरप्रमुख प्रहलाद कुमार क्षेत्रीले दोश्रो चरण अन्तर्गत ३१० जनालाई विद्युतीय चुल्हो हस्तान्तरण गरे । सोही अवसरमा नगरप्रमुख क्षेत्रीले सबै स्वस्थ रहन आवश्यक रहेको भन्दै नागरिकको स्वास्थ्यप्रति वर्दिवास नगरपालिका निकै सजग र गम्भीर रहेको बताए । परम्परागत चुल्होको कारण स्वास्थ्यमा पर्ने नकारात्मक प्राभावलाई कम गर्दै आम जनतालाई आधुनिक प्रविधिको चुल्होसँग जोड्ने कार्यको शुभारम्भ भएको बताउँदै नगरप्रमुख क्षेत्रीले भने “हामी नागरिकको स्वास्थ्यप्रति गम्भीर छौं । स्वस्थ नागरिक तयार भए मात्र समृद्ध नगरपालिका निर्माण गर्न सकिन्छ । साथ साथै आफ्नो देशको उत्पादनलाई प्रयोग गरी विदेशवाट आयात हुने एल पि. ग्यासको खपत घटाउन आवश्यक छ“

ज्येष्ठ नागरिकलगायतको खानपानसँगै सरसफाइमा पनि विशेष ख्याल पुर्याउनुपर्ने बताउँदै सबै उत्पादनशील कार्यमा लागे मात्र समृद्ध र सबल नगरपालिका निर्माणको ध्येय सफल हुने उल्लेख गरे । एलपी ग्यासभन्दा निकै कम खर्चिलो हुने र वातावरणीय हिसाबले पनि अनुकुल हुने भएकाले विद्युतीय चुल्होको अधिकत्तम प्रयोगमा जोड दिन आग्रह गरे ।
वडा अध्यक्ष श्यामराजा सिंहले समयक्रमसँगै भित्रिएका नयाँ प्रविधि र सामग्रीहरुको प्रयोगका विषयमा तालिमको समेत आवश्यकता रहेको वताए । वहाले विद्युतीय चुल्होको प्रयोग बढाउनुपर्नेमा जोड दिदै नगरले विद्युत विलमा समेत सहुलियत दिनुपर्नेमा जोड दिए ।
विद्युतिय चुल्हो वितरणमा हरीत जलवायु कोषको १० वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रको ४८, स्थानिय तहको १९, उपभोक्ताको २३ प्रतिशतका दरले लागत वाडफाड गरीएको उर्जा जलश्रोत तथा सिचाँई मन्त्रालय, वैकल्पिक उर्जा विकास समिति, वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रकी सामाजिक परीचालक कल्पना नेपालीले जानकारी गराईन । उनका अनुसार यो आर्थिक वर्षमा विद्युतिय चुल्होको जम्मा माग ३४२५ रहेको छ भने पहिलो चरणका लाभग्राहिलाई १४ वटै वडामा गरेर ५२६ वडा वितरण गरीएको र दोश्रो चरणमा वडा नं. १,२, ३, ४, ५ र १४ का १७७४ परीवारलाई वितरण गरी जम्मा २३०० परीवारलाई विद्युतिय चुल्हो वितरण गरीने छ । भने वाकिलाई आगामि वर्ष निरन्तरता दिईने छ । यो सम्झौता वजोजिम प्रति विद्युतिय चुल्होको करीव नेपाली रुपैया ३८०० लागत लाग्नेमा उपभोक्ताको तर्फवाट ८६५ रुपैया भुक्तानि गर्नुपर्नेछ ।
कार्यक्रमको दोश्रो चरण अन्तर्गत वडाका ३१० थान विद्युतीय चुल्हो वितरण गरिएको जानकारी दिदै अपुग देखिएमा आगामी आर्थिक वर्षमा समेत विद्युतीय चुल्हो वितरण गरिने प्रतिबद्धता नगरपालिकाले गरेको छ । देशको वढ्दो विद्युत उर्जा खपत हुने, मानव स्वास्थ्यमा सुधार र वातावरण प्रदुषण रोक्न मद्दत गर्ने हुँदा नगरवासिमा कार्यक्रमले सकारात्मक प्रतिक्रिया पाएको छ ।
