आज्ञा खवर
वर्दिबास
महोत्तरीको बर्दिवास मा पहिलो पटक “प्रथम वर्दिवास म्युजिकल फेस्टीभल २०८३” आयोजना हुने भएको छ । यहि वैसाख ३० गते वाट शुरु भई जेठ ३ गते सम्पन्न हुने गरी फेस्टीभल लाग्ने भएको हो । स्थानीय कला, संस्कृति तथा संगीत प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गर्न लागिएको उक्त फेस्टीभलले बर्दिवासलाई सांगीतिक तथा पर्यटकीय केन्द्रको रूपमा स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्ने आयोजकले जनाएको छ।
फेस्टीभलमा नेपालका चर्चित गायक–गायिका जि वव, दुर्गेश थापा, रचना रिमाल, यादव सरकार लगाएतका चर्चित कलाकारहरुको सहभागिता रहने छ । फेस्टीभलमा स्थानीय कलाकारहरूको आकर्षक प्रस्तुति रहने बताइएको छ। साथै कार्यक्रममार्फत नयाँ प्रतिभालाई पनि आफ्नो कला प्रदर्शन गर्ने अवसर प्रदान गरिनेछ।
आयोजक समितिका रेवन्त कार्कि (सुदिप) का अनुसार फेस्टीभलले युवापुस्तामा संगीतप्रति सकारात्मक सन्देश प्रवाह गर्नुका साथै स्थानीय व्यापार, पर्यटन तथा आर्थिक गतिविधिमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ। कार्यक्रममा वालवालिकाको खालि खेल्ने विभिन्न खेलहरु समेत समावेश गरीएको छ । यहि वैसाख ३० गते दिउसो ४ वजे शुभ स्वस्तीक अस्पताल अगाडिको आदिवासि जनजाति महासंघले लगाएको वर्दिवास महोत्सव लागेको स्थानमा वर्दिवासका नगरप्रमुख प्रहलाद कुमार क्षेत्रीले फेस्टीभलको उद्घाटन गर्ने कार्यक्रम रहेको पनि आयोजकले जनाएका छन् । भव्य र सभ्य रूपमा सम्पन्न गर्न स्थानीय सरकार, व्यवसायी तथा युवाहरूको सक्रिय सहभागिता रहने बताइएको छ। कार्यक्रमको आयोजना राइजिन ईभेन्ट वर्दिवासले गर्ने छ ।

