मेयरकप क्रिकेटमा वडा नम्वर एक १ विकेटले विजयी

[sharethis-inline-buttons]

आज्ञा खवर
वर्दिबास

तेश्रो मेयर कप(वडास्तरीय) क्रिकेट खेलको आज भएको फाईनल खेलमा वर्दिबास नगरपालिकाको वडानम्वर १ ले वडा नम्वर १४ लाई १ विकेटले हराई उपाधि तेस्रो पटक हात पारेको छ । पहिले व्याटिङ गर्दै वडा नम्वर १४ ले ओपनर व्याट्सम्यानलाई सस्तोमा गुमाउदै गर्दा मिडल अर्डरका अलराउण्डर अनिस साहले आउट हुनुअधि १९ वलमा २७ रनको पारी खेल्दै टिमलाई सम्हालेका थिए । त्यसका वावजुद १९ ओभरमा सवै विकेट गुमाई ८५ रन वनाउन सफल भएको थियो । ८६ रनको सामान्य लक्ष्य पछ्याएको वडानम्वर १ अन्तिम अवस्थामा हारको नजिक पुगेको थियो । ओपनर व्याट्म्यान राजकुमार भुजेल(राजेश)को शान्दार व्याटिङको कारण १९.३ ओभरमा ९ विकेट गुमाएर जित निकालेको थियो । निकै रोमाञ्चक खेलमा अन्तिम ओभर र अन्तिम विकेटवाट जितहारको टुङ्गो लागेको हो । उपविजेतामा सीमित भएको वडा नम्बर १४ ले पनि उत्कृष्ट खेल प्रदर्शन गर्दै दर्शकको मन जित्न सफल भएको थियो ।


स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने मूल नारासहित बर्दिवास नगरपालिकामा आयोजित वडास्तरीय टि–२० क्रिकेट प्रतियोगिता नगरभरीका १३ वटा वडाले सहभागिता जनाएका थिए । नगर खेलकुद समितिको आयोजनामा सम्पन्न प्रतियोगिताको अन्तिम दिन भएको फाइनल खेलपछि पुरस्कार वितरण तथा समापन समारोह आयोजना गरिएको थियो ।
समापन समारोहको अध्यक्षता नगर खेलकुद समितिका अध्यक्ष वोध बहादुर कटुवालले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा बर्दिवास नगरपालिकाका नगर प्रमुख प्रहलाद कुमार क्षेत्रीको उपस्थिति रहेको थियो । कार्यक्रममा नगरका जनप्रतिनिधि, विभिन्न वडाका अध्यक्ष, खेलप्रेमी, युवा खेलाडी तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो ।


कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि नगर प्रमुख प्रहलाद कुमार क्षेत्रीले खेलकुदले युवालाई अनुशासित, स्वस्थ र सकारात्मक सोचतर्फ अग्रसर गराउने बताउनुभयो । उहाँले बर्दिवास नगरपालिकाले खेलकुदलाई प्राथमिकतामा राख्दै आगामी दिनमा क्रिकेटसहित विभिन्न खेल गतिविधिलाई थप व्यवस्थित र व्यापक बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । “युवा पुस्तालाई खेलमैदानमा ल्याउन सके समाजलाई सही दिशातर्फ लैजान सकिन्छ,” नगर प्रमुख क्षेत्रीले भन्नुभयो ।

त्यसैगरी अध्यक्षीय मन्तव्य व्यक्त गर्दै नगर खेलकुद समितिका अध्यक्ष वोध बहादुर कटुवालले सीमित स्रोतसाधनका बाबजुद प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने सबै पक्षलाई धन्यवाद दिनुभयो । उहाँले नगरभित्र लुकेका खेल प्रतिभाको पहिचान र विकासका लागि यस्ता प्रतियोगिता निरन्तर आयोजना गरिने बताउनुभयो ।


समापन समारोहमा विजेता वडा नम्बर १ लाई नगद पुरस्कार रु.६१,०००, ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो भने उपविजेता वडा नम्बर १४ लाई पनि सम्मानसहित नगद पुरस्कार रु.३५००० प्रदान गरिएको थियो । प्रतियोगिता का म्यान अफ द सिरिजको उपाधी पिपल लामा र वेस्ट वलरको उपाधि युकेश कुमार ठकुरी भए । फाइनल खेलमा उत्कृष्ट प्रदर्शन गर्दै निर्णायक भूमिका खेलेका सुनील मगर ‘म्यान अफ द म्याच’ घोषित भएका छन् ।

समापन समारोहमा वर्दिवास नगर शिक्षा शाखा प्रमुख रेवति पराजुली, ईलाका प्रहरी कार्यालय वर्दिवासका प्रमुख विकास वम, वर्दिवास व्यापार संघका अध्यक्ष विष्णु खड्का, होटल संघ महोत्तरीका अध्यक्ष गुन्ज खड्का, नगर प्रवक्ता विजय महतो, समाजसेववि मन्जु क्षेत्री, राप्रपा नेपालका क्षेत्रिय अध्यक्ष कमल पोखरेल, लोसपा नेपालका नगर अध्यक्ष चेत कुमार थापा लगाएतको सहभागिता रहेको थियो ।स्थानीयस्तरमा क्रिकेटप्रतिको बढ्दो आकर्षण र युवाको उत्साहलाई मध्यनजर गर्दै आयोजना गरिएको यस प्रतियोगिताले बर्दिवास नगरपालिकामा खेलकुद विकासमा सकारात्मक सन्देश दिएको सहभागीहरूको प्रतिक्रिया रहेको थियो । कार्यक्रमले खेलकुदमार्फत सामाजिक सद्भाव, आपसी एकता र स्वस्थ जीवनशैली प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेलेको आयोजक नगर खेलकुद समितिले जनाएको छ ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...