आज्ञा खवर
वर्दिबास
वर्दिबास स्वतन्त्र युवाले आज वर्दिवासमा भ्रष्टाचार र वेधिती विरुद्ध खवरदारी गरेका छन् । वर्दिबास सानाशहरी तथा खानेपानि उपभोक्ता संस्था र वर्दिवास स्थीत सरकारी अस्पतालमा युवाहरुले प्रदर्शन गरेका थिए । वर्दिवास खानेपानि समितिको दोश्रोपटक वोलाईएको साधारण सभा स्थलमानै पुगेर युवाँहरुले भ्रष्टाचार मुर्दावाद, फर्जि विधान मान्दैनौ, नियमित चुनाव घोषणा गर जस्ता नारा लगाएका थिए । खानेपानि समितिका हरेक गतिविधि नितिनियम र पारदर्शितामा संचालन हुनुपर्ने उनिहरुको माँग छ ।
यसैगरी वर्दिबास नगरपालिकाले संचालन गरेको वर्दिबास नगर अस्पतालमा पनि युवाहरुले खवरदारी गरेका थिए । वर्दिवास अस्पताल व्यवस्थापन समितिको नियमित वैठक वसिरहेको समयमा पुगेर वर्दिवास स्वतन्त्र युवा समुहले वर्दिबास सरकारी अस्पतालमा वाहिर विरामिहरुले भोगेका समस्याहरुको वारेमा समिति पदाधिकारीको ध्यानाकर्षण गरेका थिए ।
आफ्नो भनाई राख्ने क्रममा युवाँ कपिल रिसालले “वर्दिवास अस्पतालमा औषधी म्याद गुज्रेर फाल्ने तर विरामिले नपाउने हुँदा यस तर्फ समितिको ध्यानाकर्षण गराउछु”उनले भनेका थिए भने युवा रोशन मगरले राईट म्यान राईट पेलेस भन्ने अवधारणा अनुसार अस्पताल व्यवस्थापन समिति पुनर्गठन गर्नुपर्ने माग राखेका थिए । अस्पतालमा चिकित्सक नभेटिने तर निजिमा उहि चिकित्सक भेटिने, उपचार शुल्क महंगो लिएको, रेविजको खोप नियमित नभएको, विरामिको चाँप अनुसारको डक्टरको व्यवस्था गर्न नसकेको, विमाको तथा निशूल्क औषधिहरु नपाइएको तथा सरसफाईमा ध्यान नदिएको जस्ता अत्यावश्यक विषयमा अस्पताल प्रशासनले ध्यान दिनुपर्ने सुझाव दिएका थिए ।
अस्पतालका सेवा सुविधाहरु सवैलाई जानकारी दिनुपर्ने र आम्दानि खर्च पारदर्शि हुनुपर्ने युवाहरुको माग रहेको छ । समितिको तर्फवाट प्रवक्ता जगत खड्काले युवाहरुले गरेको खवरदारिले आगमि दिनमा अस्पतालमा सुधार ल्याउन मद्दत गर्ने वताए भने सरकारी निति नियमका कारण कतिपए कुराहरु समितिले चाहेर पनि समयमा सुधार गर्न असहज भएको कुरा वताएका थिए ।
