महोत्तरी १ मा पनि सरोज यादव टिम विजयी

[sharethis-inline-buttons]

आज्ञा खवर
वर्दिबास

नेकमा एमालेको आसन्न ११ औ माहाधिवेशनको प्रतिनिधि छनौट अन्तर्गत महोत्तरी निर्वाचन क्षेत्र नं. १ मा हिजो भएको निर्वाचनमा सरोज यादव प्यानल विजयी भएको छ । प्राप्त परीणाम अनुसार खूल्ला तर्फ अत्यधिक मत सहित विराट विष्ट विजयी भएका छन् भने अन्यमा कुमार घिमिरे, काहारमान स्याङवा, शंकर महतो, गुन्ज वहादुर खड्का र अरुण कुमार सिंह निर्वाचित भएका छन् । त्यस्तै महिला तर्फ विन्दु किङरीङ, सम्झना शर्मा पौडेल र सरस्वति चौधरी निर्वाचित भएका छन् ।

हाम्रो जितवाट प्रदेशमा सरोज यादव र केन्द्रमा केपि ओलिको जित भएको नेकपा एमाले महोत्तरीका जिल्ला अध्यक्ष वलिराम यादव वताउछन् । जम्मा ८९६ जना प्रतिििनधिले मत दिएकोमा १२ मत वदर भएको प्रमुख निर्वाचन अिधिकृत शिव शरण यादवले जानकारी दिए साथै युवा तर्फ सर्वसहमितिवाट वर्दिवासका युवा नेता ईन्जीनियर रवि पोखरेल यस अघिनै प्रतिनिधिमा निर्वाचीत भैसकेको निर्वाचन समितिले जनाएको छ । मधेश प्रदेशको समग्र परीणामको विष्लेशण गर्दा प्रदेशमा सरोज यादव खेमा नै अध्यधिक रुपमा प्रतिनिधी छनौट भएको हुँदा केन्द्रमा केपि ओलिलाई सहज हुने विष्लेशण स्थानिय एमाले नेतााहरुको रहेको छ ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...