आज्ञा खवर
वर्दिबास
मधेस प्रदेश सरकार गठन मुद्दामा शुक्रबार मुख्यमन्त्री नियुक्ति संविधानको धारा १६८ को २ कि १६८ को ३ भन्ने विषयमा बहस केन्द्रित भएको थियो । संविधानको धारा १६८ को उपधारा ३ अनुसार प्रदेशसभाको ठुलो दलको हैसियतमा नियुक्त भएका मुख्यमन्त्री सरोजकुमार यादवलाई यसअघि सर्वोच्चले अन्तरिम आदेश जारी गर्दै दूरगामी महत्त्वको काम गर्न रोक लगाएको थियो । सर्वोच्चमा आएको तीनवटा रिट एकै ठाउँमा राखेर न्यायाधीशद्वय हरिप्रसाद फुयाल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासमा बिहीबारदेखि निरन्तर सुनुवाइ भइरहेको थियो । तर आज आएको फैशलाले २४ घण्टाभित्र विश्वासको मत लिनु अन्यथा पुन धारा २ अनुसारकै प्रक्रृया अगाडि वढाउनु भन्ने फैशलाले भने मधेस तातेको छ । यस विषयमा अधिवक्ता टिकाध्वज खड्काका अनुसार संविधानको प्राकृतिक व्याख्या अनुसार संविधानको धारा १६८ को १ नभए २ त्यसपछि ३ हुँदै सरकार गठन गर्ने प्रक्रिया भएको बताए । ‘त्यसैले हाल मधेस प्रदेशमा भएको सरकार गठन प्राकृतिक रुपमा गठन भएकाले अब बन्ने सरकार धारा १६८ को २ अनुसार हुन सक्दैन । फैशला नमान्ने भन्ने त हुदैन तर फैशलामा तर्क गर्न सकिने अधिवक्ता खड्का वताउछन् । धारा ३ वाट वनेको सरकारलाई विश्वासको मत लिन समय दिएपछि विश्वासको मत लिन नसकेको अवस्थामा स्वतः ५ मा जानुपर्ने एमाले युवा नेता अमिस कुमार रिसालको तर्क छ । एउटै धारालाई फन्फनि घुमाउदा झन अन्यौल हुने उनको तर्क छ ।
