आज्ञा खवर
वर्दिवास
नेकपा एमालेको आसन्न ११ औ माहाधिवेशनको लागि प्रतिनिधि छनौट गर्न आज महोत्तरी क्षेत्र नं. १ मा निर्वाचन भएको छ । वर्दिवास नगरपालिका वडा नंं. ८ स्थित हातिलेटमा रहेको सामुदायिक भवनमा मतदान भएकोमा अहिले साझवाट वर्दिवास वाणिज्य संघको हलमा मतगणना भईरहेको छ । खुल्ला तर्फ ६ जना छनौट हुनुपर्नेमा १८ जनाको उम्मेद्वारी परेको छ भने महिला तर्फ ३ जना छनौट हुनेमा ५ जनाको उम्मेद्वारी परेको छ । खुल्लामा शंकर महतो, विराट विष्ट, काहारमान स्यांनवा, गुन्ज वहादुर खड्का, अम्वीका गौतम, सन्त परीयार लगाएका छन् भने महिला तर्फ शारदा देवी थापा, सम्झना शर्मा पौडेल, विन्दु किङरीङ, जमुना पोखरेल र सरस्वति चौधरीले उम्मेद्वारी दिएका छन् । ईश्वर पोखरेल र केपि ओलिको प्यानलविच प्रतिष्पर्धा हुने जस्तो देखिएको आगामि महाधिवेशनमा प्रतिनिधि छनौटले विशेष अर्ध राख्छ ।
