बर्दिवासका १४ वटै वडामा सामुदायिक नर्सिङ सेवा सञ्चालन

[sharethis-inline-buttons]

आज्ञा खबर
बर्दिवास
बर्दिवास नगरपालिकाको स्वास्थ्य सेवा विस्तार अभियानअन्तर्गत नगरका १४ वटै वडामा सामुदायिक नर्सिङ सेवा सञ्चालन भईरहेको छ ।
नगरवासीलाई घरमै पुगेर स्वास्थ्य सल्लाह, आधारभूत उपचार तथा नवजात शिशु, गर्भवती, दीर्घरोगी र वृद्धबृद्धाका लागि नियमित निगरानी सेवा उपलब्ध गराउने उद्देश्यले यो कार्यक्रम सुरु गरिएपनि त्यसको प्रभाबकारीता खासै नदेखिएको स्थानियहरुको गुनासो रहेको छ ।

सेवा अन्तरगत प्रत्येक वडामा एक–एक जना सामुदायिक नर्स खटाइएका छन्, जसले घरदैलो सेवा, स्वास्थ्य परीक्षण, आवश्यकताअनुसार स्वास्थ्य संस्थासँग समन्वय र स्वास्थ्य चेतनामूलक गतिविधि सञ्चालन गरेको बर्दिवास नगरपालिका स्वास्थ्य शाखाका प्रमुख शुरेश पासवान बताउछन।
यसै बिषयमा आज्ञा खबर अनलाईन पत्रिकाका पत्रकार माधब पौड्ेलले बर्दिवास नगरपालिका स्वास्थ्य शाखाका प्रमुख शुरेश पासवानसंग गर्नुभएको कुराकानी

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...