सिन्धुलीमा निःशुल्क आँखा शिविर : तीन सयभन्दा बढीले पाए स्वास्थ्य सेवा

[sharethis-inline-buttons]

आज्ञा खबर

सिन्धुली  

सिन्धुलीको आँखा उपचार केन्द्रमा सञ्चालित निःशुल्क आँखा शिविरमार्फत तीन सयभन्दा बढी सेवाग्राहीले उपचार सेवा लिएका छन्। नेपाल रेडक्रस सोसाइटी सिन्धुलीको आयोजनामा शनिबारदेखि सुरु भएको शिविरमा सेवा लिन पुगेका स्थानीयले सहज रूपमा उपचार पाएको संस्था अध्यक्ष अशोक श्रेष्ठले जानकारी दिए।

अध्यक्ष श्रेष्ठका अनुसार शिविरमा पुगेका ३०० बढी बिरामीमध्ये ७७ जनामा मोतिबिन्दुको समस्या पुष्टि भएको र उनीहरूको तत्काल शल्यक्रियाका लागि प्रक्रिया अगाडि बढाइएको छ। “आँखा समस्याको पहिचान र समयमै उपचारका लागि यो शिविर प्रभावकारी बनेको छ,” उनले बताP।

शिविरमा कमलामाई नगरपालिकाबाट मात्र ६३ जनाले सेवा लिएका छन्। दुधौली नगरपालिकाबाट २ जना, सुनकोशी गाउँपालिकाबाट १ जना, मरिण गाउँपालिकाबाट ३ जना, तीनपाटन गाउँपालिकाबाट ५ जना, घ्याङलेखबाट १ जना र गोलन्जोरबाट १ जनाले उपचार पाएका छन्। साथै सर्लाहीका एक नागरिकले पनि सेवा लिएको रेडक्रसले जनाएको छ।

सेवाग्राही संख्यामा सबैभन्दा ठूलो सहभागिता कमलामाई नगरका जनताबाट देखिएको छ। जानकी आँखा अस्पताल जनकपुरको प्राविधिक सहयोगमा भएको उक्त शिविर एक दशकदेखि निरन्तरता पाइरहेको छ। रेडक्रस अध्यक्ष श्रेष्ठका अनुसार प्रत्येक महिनाको अन्त्यतिर नियमित रूपमा शिविर सञ्चालन गरिँदै आएको छ।

निःशुल्क सेवा पाएको भन्दै अधिकांश बिरामी खुसी देखिएका छन्। विशेषगरी दुर्गम वडाबाट आएका बिरामीहरूले आर्थिक अभाव र दूरीका कारण नियमित स्वास्थ्य सुविधा नपाइने भएकाले यस्तो शिविरले राहत मिलेको प्रतिक्रिया दिएका छन्।

 

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...