आज्ञा खबर
महोत्तरी
बर्दिबासमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले सात जनालाई नियन्त्रणमा लिएको छ।
इलाका प्रहरी कार्यालय बर्दिबासबाट खटिएको टोलीले बिहीबार दिउँसो बर्दिबास–५ निवासी कृष्ण बहादुर तमाङको घरमा छापा मारेर उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ पर्नेहरूमा सिराहा मिर्चैया नगरपालिका–४ का २१ वर्षीय भगवान बाबु साहसहित सात जना रहेका छन्।
प्रहरीका अनुसार पक्राउ परेकासँग २ लाख ३६ हजार ५ सय ७५ रुपैयाँ नगद र तीन बुक तास बरामद गरिएको छ। पक्राउ परेकाहरूलाई अहिले इलाका प्रहरी कार्यालय बर्दिबासमा राखी आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।






