आज्ञा खबर
बर्दिवास
दुर्गा पूजाको आज पहिले दिन । यस अवसरमा महोत्तरीको बर्दिवासमा कलश यात्रा निकालिएको छ ।
कलश यात्राको उद्यघाटन सोमवार बर्दिवास नगरपालिकाका नगर प्रमुख प्रह्लाद कुमार क्षेत्रीले गरेका हुँन। स्थानीय वासिन्दा र युवा एकजुट भएर बर्दिवास नगरपालिका १ र १४ बाट संय्क्त दुर्गा पूजाको कलश यात्रा निकालिएको हो । उक्त कलश अब ९ रातसम्म दुर्गा पूजा हुने स्थानमा लगेर राखिएको छ । दुर्गा पूजाको मुर्ति स्थापना गरिएको ठाउँमा ९ रातसम्म भजनकिर्तनसहितका कार्यक्रम हुने बर्दिवास नगरपालिका १ स्थित दुर्गापुजा आयोजक समितीकी अध्यक्ष सुमित्रा भट्टराईले जानकारी दिईन ।
बर्दिवासमा दुर्गा पूजा भएको स्थानमा झिँझिया नृत्य देखाउने प्रचलन पनि रहेको छ ।
