महिला केन्द्र सहकारीको २२औं साधारण सभा सम्पन्न

[sharethis-inline-buttons]

निकिता खनाल
वर्दिबास

वर्दिबासको पुरानो सहकारी संस्था महिला केन्द्र वहुउद्देश्य सहकारी संस्था लि.ले आज आफ्नो २२ औ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय मधेश प्रदेशका सचिव डा. उमेश दाहालको प्रमुख आतिथ्यमा सम्पन्न भएको साधारण सभाको सभाध्यता सहकारीकी अध्यक्ष शारदा दाहालको अध्यक्षतामा भएको थियो ।
संस्थाको संचालक समितिको तर्फवाट अध्यक्ष दाहालले आ.व. २०८१÷०८२ को वार्षिक प्रगति प्रतिवेदन तथा आ.व. २०८२÷०८३ को लागि निति तथा कार्यक्रम,लक्ष्य र वजेट प्रस्तुत गरेकी थिईन । संस्थाको आर्थिक वर्ष २०८१÷०८२ मा शेयर पुजिँ तर्फ १ करोड ११ लाख ६४ हजार दुई सय, वचत तर्फ ७ करोड ४३ लाख, कर्जा लगानि ८ करोड ४६ लाख, जगेडा कोष तर्फ १ करोड ९५ लाख रहेको कुरा उल्लेख गरीएको छ । संस्थाले गत आ.व. मा १ करोड ५१ लाख आम्दानि गरी १ करोड २१ लाख खर्च गरी २९ लाख ८१ हजार नाफा गरेको जनाएको छ ।

साधारण सभामा ६२ वटा महिला समुहहरु मध्ये उत्कृष्ट ३ वटा समुहलाई सम्मानका साथै संस्थामा कार्यरत कर्मचारी मध्ये ३ जनालाई पुरस्कृत गरीएको छ । सभामा सम्वोधन गर्दै अध्यक्ष शारदा दाहालले २६ जना महिलाहरुवाट शुरु गरेको संस्था आजको मितिमा ३२९५ जना सदस्य मार्फत सेवा प्रदान भई महिमलाहरु आर्थिक रुप्मा सवल हुनका लागी व्यवसायिक वन्ने पर्दघ भन्ने कुराई मनन गरेर यस सहकारी संस्थाले स साना उद्यम,पशुपालन,तरकारी खेति लगाएतका स्व व्यवसायि वन्न प्रेरीत गरी उनिहरुको उत्पालदनलाई वजार सम्म पु¥याउन सहयोग गरेको वताईन । संस्था स्थापनाकाल देखि नै निरन्तर नाफामा रहेको हुँदा सवै सदस्यलाई निर्धक्क भएर वित्तीय कारोवार गर्न अनुरोध गरीन ।


प्रमुख अतिथिको तर्फवाट डा. उमेश दाहालले मधेस प्रदेशकै उत्कृष्ट सहकारी भएको हुँदा यस संस्थालाई प्रदेश सरकारवाट हुने सहयोग गर्न तयार रहेको वताए । हाम्रो मन्त्रालयले सहकारीलाई नियमन पनि गर्ने प्रवद्र्धन पनि गर्ने उद्देश्यले रजिष्ट्रारको कार्यालय पनि संचालनमा ल्याएको जानकारी दिए । केहि सहकारीले वाटो विराउदा धेरै सहकारीको छवि धमिलाएको वताउदै यो सहकारीले उदाहरणीय काम गर्दै आफ्नो कामवाट जवाफ दिएको वताए ।


विशिष्ट अतिथिको तर्फवाट वर्दिवास नगरपालिकाका कार्यकारी प्रमुख राममणि अधिकारीले संस्थाको साधारण सभा सफलताको शुभकामना दिदै वर्दिबास नगरको विकासको लागि महिलाहरुको आर्थिक शसक्तिकरणमा खेलेको भूमिकाको सरहना गरे । सहकारीलाई नियमन गर्न नगरले विभिन्न नियमावलि वनाई सहकारीलाई उत्पादनमा जोडिनको लागि विभन्न कार्यक्रम गरीने वताए । कार्यक्रममा सहकारीकर्मि लिलामणि आचार्य, सरीता ढुंगाना लगाएतले शुभकामना मन्तव्य राखेका थिए भने अतिथिहरुलाई माला खनालले स्वागत मन्तव्य राखेकि थिईन ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...