आज्ञा खबर
सर्लाही
सर्लाही जिल्लाभर शनिबार बिहान चार घण्टा विद्युत आपूर्ति रोकिँदैछ। नेपाल विद्युत प्राधिकरणले नवलपुरस्थित ग्रिड सवस्टेशनमा क्यापासिटर बैंक जडानसहितका मर्मत–सम्भार कार्य गर्नुपर्ने भएकाले लाइन सटडाउन गरिने जनाएको हो।
प्राधिकरणले जारी गरेको सूचनाअनुसार भदौ १४ गते शनिबार बिहान ५ः३० बजेदेखि करिब ९ः३० बजेसम्म विद्युत प्रवाह अवरुद्ध हुनेछ।
नवलपुर ग्रिड सवस्टेशनमार्फतै सर्लाही जिल्लामा बिजुली आपूर्ति हुने भएकाले यस अवधीमा जिल्लाभरका लालबन्दी, बरहथवा र मलंगवा वितरण केन्द्र अन्तर्गतका क्षेत्रमा विद्युत आपूर्ति प्रभावित हुने बताइएको छ।
लालबन्दी वितरण केन्द्रका प्रमुख त्रिभुवन यादवका अनुसार आवश्यक प्राविधिक कामका लागि गरिएको यो सटडाउनका कारण उपभोक्ताले तोकिएको समयमा सेवा नपाउनेछन्।





































