कुशे औंसी तथा पितृ दिवसको अवसरमा नगर प्रमुख क्षेत्रीको शुभकामना

[sharethis-inline-buttons]

आज्ञा खबर
बर्दिवास
आज भाद्र कृष्ण औंसी,कुशे औंसी तथा पितृ दिवस देशभर श्रद्धा–भक्तिपूर्वक पूजापाठ तथा परम्परागत विधि–विधानसहित मनाइँदैछ। यस दिनलाई बुबाको मुख हेर्ने दिन को रूपमा पनि विशेष महत्वका साथ मनाउने परम्परा रहिआएको छ।

यस अवसरमा बर्दिवास नगरपालिकाका नगर प्रमुख प्रह्लाद कुमार क्षेत्रीले नगरका सम्पूर्ण जेष्ठ नागरिकप्रति सम्मान प्रकट गर्दै शुभकामना व्यक्त गरेका छन्। उनले कुशे औंसी र पितृ दिवस जस्ता पर्वहरूले पारिवारिक ऐक्यबद्धता, परम्परा र संस्कृतिको संरक्षणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।

सनातन वैदिक हिन्दू धर्मावलम्बीहरूले वर्षभर गरिने देवकार्य र पितृकार्यका लागि आवश्यक पर्ने पवित्र कुश आजकै दिन विशेष विधि अनुसार घरघरमा भित्र्याउने परम्परा रहिआएको छ। ब्राह्मण पुरोहितहरूले शास्त्रोक्त विधिअनुसार पूजा गरी कुश छेदन गरेर जजमानका घरमा पु¥याउने गर्छन्। कुश घरमा राख्नाले परिवारको कल्याण र शान्ति हुने धार्मिक विश्वास छ।

वैदिक धर्ममा कुशसँगै तुलसी, पीपल र शालिग्रामलाई पनि भगवान विष्णुको प्रतीक मानिने र पूजाआजा गर्ने चलन रहिआएको छ।

यस दिन सन्तानहरूले आफ्ना बाबुलाई मनपर्ने मिठाइ र भोजन खुवाएर आदर–सम्मान प्रकट गर्छन्। बाबु दिवङ्गत भएकाहरू भने काठमाडौंको गोकर्णेश्वर, रसुवाको वेत्रावतीलगायतका तीर्थस्थलमा पुगेर श्राद्ध, तर्पण र दानदक्षिणा गर्ने गर्छन्।

“पितृदेवो भवः” भन्ने शास्त्रीय उपदेशअनुसार जीवित बाबुलाई सन्तुष्ट तुल्याउने र दिवङ्गत पिताको नाममा श्राद्ध गरी तर्पण गर्दा पुण्य प्राप्त हुने धार्मिक विश्वास छ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...