सर्लाहीको हरिपुर्वाबाट दम्पत्ति पक्राउ, २० केजी गाँजा बरामद

[sharethis-inline-buttons]

आज्ञा खबर
सर्लाही
प्रहरीले सर्लाहीको हरिपुर्वा नगरपालिका–५ बाट बिहिवार दिउँसो ४५ वर्षीय रुपेश साह र उनकी ३५ वर्षीया श्रीमती प्रतिमाकुमारी साहलाई लागुऔषध गाँजासहित प्रहरीले पक्राउ गरेको छ।

प्रहरीका अनुसार, दम्पत्तिले आफ्नो घरमा लुकाएर राखेको २० केजी ३ सय ४० ग्राम गाँजा बरामद भएको हो। जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी सरोज राईले बताए अनुसार प्रहरीलाई“सूचना प्राप्त भएपछि तत्कालै प्रहरी टोली परिचालन गरियो। घरको खानतलासी गर्दा छतमा प्लाष्टिकले बेरेर लुकाइ राखिएको गाँजा फेला प¥यो।”

यसरी सहको घरमा छापा मार्नेमा प्रहरी सहायक निरीक्षक शेख हफ्जुल्लाह, प्रहरी निरीक्षक उमाकान्त जोशी र प्रहरी निरीक्षक रवीन्द्र कार्कीको नेतृत्वमा २६ जनाको टोली सक्रिय भएको थियो।

पक्राउ परेका दम्पत्ति र बरामद गाँजालाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय मलङ्गवामा लगिएको छ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...