बर्दिवासमा श्रद्धेय नेता स्व. प्रदीप गिरीको तेस्रो स्मृति दिवसमा श्रद्धाञ्जली

[sharethis-inline-buttons]

आज्ञा खबर
बर्दिवास,
नेपाली कांग्रेसका श्रद्धेय नेता तथा समाजवादी चिन्तन बोकेका स्वर्गीय प्रदीप गिरीको तेस्रो स्मृति दिवसको अवसरमा बर्दिवासमा बिहीवार श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको छ।

नेपाली कांग्रेस नगरकार्य समितिको आयोजनामा भएको कार्यक्रममा पार्टीका महासमिति सदस्य चिरञ्जिबी हमालले गिरीको जीवन दर्शन, समाजवादी आन्दोलनमा योगदान र उनको आदर्शबारे मन्तव्य राख्दै गहिरो श्रद्धाञ्जली अर्पण गरे।

कार्यक्रममा बर्दिवास नगरपालिकाका नगर प्रमुख तथा नेपाली कांग्रेस महासमिति सदस्य प्रह्लाद कुमार क्षेत्री, क्षेत्रीय सदस्य महेश कुमार झा लगायत विभिन्न तहमा जिम्मेवारी सम्हालेका कांग्रेसका नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्ने वक्ताहरूले स्व. गिरीले नेपाली समाजमा ल्याउन खोजेको समाजवादी दृष्टिकोण, उनको सादगीपूर्ण जीवनशैली र विचारलाई स्मरण गर्दै वर्तमान पुस्ताले उनका आदर्शबाट प्रेरणा लिनुपर्नेमा जोड दिएका थिए।

नेपाली कांग्रेस बर्दिवास नगर समितिका सभापति युवराज पोखरेलले कार्यक्रमको उद्देश्य स्व. गिरीको विचारलाई जीवन्त राख्दै आगामी दिनमा समाज र राजनीतिलाई मार्गदर्शन गर्न सक्ने प्रेरणा दिलाउनु रहेको जानकारी दिए।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...