गौरमा छुरा प्रहारपछि किशोरको मृत्यु, एक पक्राउ

[sharethis-inline-buttons]

आज्ञा खबर
रौतहट
रौतहटको गौर नगरपालिका–५ मा बुधवार दिउँसो भएको छुरा प्रहार घटनामा एक किशोरले ज्यान गुमाएका छन्।

प्रहरीका अनुसार यमुनामाई गाउँपालिका–५ झुन्खुनुवाका १७ वर्षीय मोहम्मद सहाबुद्दिनलाई गौर–३ भण्टाघर बस्ने २० वर्षीय सनोज रामले आक्रमण गरेका हुन्। गौरीशंकर क्याम्पस नजिक रहेको झुलुङ्गे पुल छेउमा भएको उक्त घटनामा सहाबुद्दिनको पेट, टाउको, छाती र खुट्टामा गहिरो चोट लागेको थियो।

गम्भीर घाइते सहाबुद्दिनलाई तत्काल प्रहरीमार्फत प्रादेशिक अस्पताल गौर पु¥याइए पनि उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरी निरीक्षक रुद्र कडेलले जानकारी दिए।

घटनापछि आरोपी रामलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ। साथै, घटनास्थलबाट प्रहरीले प्रयोग गरिएको चक्कु, गाँजा र वाटर गन समेत बरामद गरेको जनाएको छ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...