आज्ञा खवर
वर्दिबास
वर्दिबास नगरपालिका वडा नंं. १ घर भएका वर्दिबासवासिको चिरपरीचित अनुहार अमिस कुमार रिसाल आज आफ्नो ४० औँ जन्मदिनको खुसि साटासाट गर्न वर्दिबास स्थीत यु एन्ड मि वर्गर हाउसमा वसिरहेका थिए । १०–१२ जना साथिहरु जम्मा भईसकेका तथा केहि आउने तरखरमा रहदाँ एक्कासि घर संसार डिपार्टमेन्ट स्टोर वर्दिबासका ४–५ जना कर्मचारीहरु हातमा केक, फुलको गुच्छा, खादा माला लिएर जन्मदिन मनाउन आउदाँ उनि एकछिन अलमल्लमा परे । घरसंसारकै टिमले केक काटेर, माला गुच्छाले स्वागत गर्दै जन्मदिन मनाई सकेपछि उनि प्रतिक्रिया दिदै भन्छन् “आज ४० औ जन्मदिन मनाउदा सम्म कहिले कसैले यस्तो नगरेको तर आज यसरी सरप्राईज रुपमा जन्मदिन मनाउन घर संसारको टिमनै आएकोमा यो नयाँ प्रयाश राम्रो लागेको छ “ ।

अहिले यो सुचना प्रविधिको युगमा आफ्नो व्यापार व्यवसायलाई समय सापेक्ष वनाउन सकिए मात्र व्यवसायमा जम्न सकिने भएकोले यसरी सर्भिस प्रदान गरेको घर संसार डिपार्टमेन्ट स्टोर वर्दिबासका संचालक मन्दिप गिरी वताउछन् । जस्को वर्थ डे वा वैवाहिक एनिभर्सरी मनाउने हो वहाँको साथिभाई तथा आफन्तहरुले हामिलाई पहिले नै जानकारी दिएर तयारी गर्नुपर्ने र सोहि अनुसार हामिले सम्वन्धितको शुभकामना कार्यक्रममा सहभागिता जनाउन सहयोग गर्ने गरेको गिरीले वताए । अरु भन्दा आफु फरक देखिन र सेवा पृथकिरण गर्न यस्ता नयाँ सोचाई तथा योजना ल्याएर कसैको जन्मदिनलाई विशेष पार्ने घर संसारको यो योजना अत्यन्त सरहाननिय भएको वर्दिवास उद्योग वाणिज्य संघ वर्दिवासका सचिव शैलेस दहाल वताउछन् । घर संसार डिपार्टमेन्ट स्टोर वर्दिबासले यो योजना वर्दिवास नगरपालिका तथा यस क्षेत्र आसपासका जिल्लाहरुमा केहि महिना पहिले देखिनै शुरु गरेको जानकारहरु वताउछन् ।
