धार्मिक पर्यटनले बदल्नेछ मधेसको मुहार : मुख्यमन्त्री सतिशकुमार सिंह

[sharethis-inline-buttons]

आज्ञा खबर
बर्दिवास

मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले धार्मिक पर्यटनलाई प्रदेशको समृद्धिको महत्वपूर्ण इँटा ठहर गरेका छन्। साउने सोमबारको विशेष अवसरमा महोत्तरीको बर्दिबास–५ स्थित टुटेश्वरनाथ महादेवको दर्शनपछि उनले मधेसको धार्मिक स्थलहरूलाई संरक्षण र प्रवद्र्धनमार्फत आर्थिक विकासको गति दिन सकिने विश्वास व्यक्त गरे।

ूकोशीदेखि ठोरीसम्म फैलिएर रहेका धार्मिक, सांस्कृतिक र ऐतिहासिक स्थलहरू हाम्रो पहिचान हुन्,ू मुख्यमन्त्री सिंहले भने, ूयिनको संरक्षण, पूर्वाधार निर्माण र प्रचारप्रसारले मधेसमा कृषि पछिको प्रमुख आयआर्जनको माध्यम धार्मिक पर्यटन बन्न सक्छ।ू

मुख्यमन्त्री सिंहले टुटेश्वरनाथ महादेव, पञ्चधुरा माईस्थान र राइमण्डलधामजस्ता स्थलहरू प्राकृतिक र भौगोलिक दृष्टिले पनि अत्यन्त आकर्षक रहेको उल्लेख गरे। चुरे पर्वतको काखमा रहेका यी स्थलहरू मध्यतराईको वन क्षेत्रभित्र रहेका कारण पर्यावरणीय रूपमा समेत महत्वपूर्ण छन्।

उनका अनुसार प्रदेश सरकारले अब धार्मिक र प्राकृतिक सम्पदाको प्रवद्र्धनका लागि स्थानीय सरकारहरूसँग सहकार्य गर्दै अघि बढ्नेछ। ूस्थानीय तहसँग हातेमालो गरेर पर्यटन विकास गर्ने रणनीति अघि बढाइएको छ,ू उनले स्पष्ट पारे।

मुख्यमन्त्री सिंहले दर्शनका क्रममा ती क्षेत्रहरूमा हाल निर्माणाधीन पूर्वाधारहरूको स्थलगत अवलोकनसमेत गरे। यस अवसरमा बर्दिबास नगरपालिकाका जनप्रतिनिधि, नगरपालिका अन्तर्गतको संस्कृति तथा पर्यटन प्रवद्र्धन समिति र नेपाल होटल तथा पर्यटन व्यवसायी महासङ्घका प्रतिनिधिहरूले पर्यटन प्रवद्र्धनमा थप सक्रियता आवश्यक रहेकोमा उनको ध्यानाकर्षण गराए।

स्थानीय तह र निजी क्षेत्रको साझेदारीमा धार्मिक पर्यटनको आयाम फराकिलो बनाउन सकिने आशा गरिएको छ। टुटेश्वरनाथ, पञ्चधुरा र राइमण्डलधाम जस्ता स्थलहरूको व्यवस्थित विकासले मधेस प्रदेशको समग्र पर्यटन नक्सालाई नै फेरबदल गर्न सक्ने सम्भावनामा प्रदेश सरकार आशावादी देखिएको छ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...