डा. वाग्लेको जोड : “मधेसको खडेरी समस्या दीर्घकालीन दृष्टिकोणले समाधान गर्नुपर्छ”

[sharethis-inline-buttons]

आज्ञा खबर
धनुषा
राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का उपसभापति डा। स्वर्णिम वाग्लेले मधेसमा फैलिँदो खडेरी समस्याको दीर्घकालीन समाधान अनिवार्य रहेको बताएका छन्।

धनुषाको हंसपुर नगरपालिकास्थित खडेरीग्रस्त क्षेत्रमा रास्वपाका प्रवक्ता मनिष झासँग संयुक्त अवलोकन भ्रमणका क्रममा डा। वाग्लेले मधेस मात्र होइन, समग्र राष्ट्रको समुन्नतिको दृष्टिले पनि सुनकोशी–मरिन डाइभर्सन आयोजना अत्यन्तै महत्वपूर्ण रहेको उल्लेख गरे।

“लहलह धान फल्ने खेतहरू आज बाँझिएका छन्, बीउ नै सुक्न थालेको छ। यस्तो अवस्था जलवायु परिवर्तन, चुरे क्षेत्रको दोहन, परम्परागत जलस्रोत संरक्षण प्रणालीको क्षय र आधुनिक जीवनशैलीका असरहरूकै परिणाम हुन्,” डा। वाग्लेले भने।

तत्कालको संकट न्यूनीकरणका लागि डिप बोरिङ जडान तथा क्लाउड सिडिङ ९कृत्रिम वर्षा० जस्ता विकल्पमाथि बहस भए पनि, उनले यस समस्याको स्थायी समाधान खोज्नुपर्नेमा जोड दिए।
‘सुनकोशी–मरिन’ आयोजनास् राष्ट्रिय कृषि रुपान्तरणको आधार

डा। वाग्लेले मधेसको दीर्घकालीन जल संकट समाधानका लागि सुनकोशी–मरिन डाइभर्सन आयोजनालाई राष्ट्रिय प्राथमिकताको रुपमा अघि बढाउनुपर्ने धारणा राखे।

“सुनकोशी नदीको पानी १३–१४ किलोमिटर सुरुङमार्फत मरिन खोलामा झारेर धनुषा, महोत्तरी, रौतहट र सर्लाहीमा करिब १ लाख २२ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्‍याउने लक्ष्य छ,” उनले भने, “तर, सुरुङको ब्रेक–थ्रु भए पनि बाँकी संरचनागत काममा अत्यधिक ढिलाइ भएको देखिन्छ। यसमा तदारुकता आवश्यक छ।”

उनका अनुसार सिँचाइको व्यवस्थापनमार्फत मात्रै कृषिमा क्रान्ति सम्भव छ। उनले बङ्गलादेश र भारतका केही क्षेत्रहरूले सिँचाइको भरमा हरित क्रान्ति ल्याएको उदाहरणसमेत प्रस्तुत गरे।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...