नाउपामा नेतृत्व द्वन्द्वः रेशम चौधरीले पत्नी हटाएर बुवालाई बनाए अध्यक्ष

[sharethis-inline-buttons]

आज्ञा खबर
बर्दिया,
नागरिक उन्मुक्ति पार्टी ९नाउपा० भित्र नेतृत्वको विवाद चुलिँदै गएको छ। पार्टी संरक्षक रेशमलाल चौधरीको पक्षले आयोजित भेलाले नवनिर्वाचित निर्णय अनुसार पार्टीको अध्यक्ष पदमा उनका पिता लालवीर चौधरीलाई चयन गरेको छ।

दुई दिनसम्म चलेको उक्त भेलाले हालसम्म पार्टी अध्यक्षको जिम्मेवारी सम्हाल्दै आएकी रेशम चौधरीकी पत्नी रञ्जिता श्रेष्ठलाई पदमुक्त गर्दै पार्टीबाटै निष्कासनसमेत गरेको हो।

बर्दिया–२ बाट प्रत्यक्ष निर्वाचित संघीय सांसद लालवीर चौधरी नाउपाको आन्तरिक राजनीति भित्र यसरी सक्रिय भूमिकामा प्रवेश गरेका छन्। यो घटनाले रेशम चौधरीले आफ्नै पारिवारिक सदस्यबीच भूमिका पुनः निर्धारण गरेको स्पष्ट देखिन्छ।

यता, अध्यक्षबाट हटाइएकी रञ्जिता श्रेष्ठ भने पछि हट्ने मूडमा देखिएको छैनन्। उनले संसदीय दलका नेता गङ्गाराम चौधरीलाई पार्टी विधानको उल्लङ्घन गरेको आरोप लगाउँदै २४ घण्टे स्पष्टीकरण पत्र पठाएकी छन्।

श्रेष्ठले आफ्नो स्वास्थ्य र अन्य व्यक्तिगत कारणले पार्टी गतिविधिमा सक्रिय हुन नसकेको जानकारी पहिले नै गराइसकेको दाबी गर्दै बैठक बोलाउने, निर्णय लिने र विधिसम्मत प्रक्रिया नअपनाएको आरोप लगाएकी छन्।

यो सँगै नाउपामा नेतृत्वको संघर्ष खुला रूपमै देखा परेको छ। एकातिर रेशम चौधरीको संरक्षणमा पार्टीको नयाँ संरचना तयार पारिने संकेत देखिएको छ भने अर्कातिर रञ्जिता श्रेष्ठ अझै पनि आफू अध्यक्ष रहेको अडानमा छिन्।

राजनीतिक विश्लेषकहरूले नाउपाको पछिल्लो अवस्थालाई एक ‘परिवारभित्रको शक्ति संघर्ष’ को रूपमा हेरेका छन्, जसले आगामी दिनमा पार्टीको स्थायित्व र प्रभावशीलता दुवैमा असर पार्न सक्ने संकेत देखाएको छ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...