माधव पौडेल
वर्दिबास
वर्दिबास नगरपालिकाद्वारा नगरपालिका भित्रका मुख्य सडक तथा चोकहरुमा सी सी टि भी क्यामरा जडान कार्य शुरु गरेको छ । सी सी टि भी क्यामरा जडान कार्यको पहिलो चरणमा वर्दिवासको मुख्य चारवटा नाकामा अत्याधुनिक सुविधा सम्पन्न एएनपिआर क्यामरा(सडकमा गुडेको सवारीको नम्वर रिड गर्ने) ४ थान जडान गरिएको नगरपालीकाले जनाएको छ । वर्दिबास नगरपालिकाले नगरपालिका भित्रका मुख्य सडक, चोक तथा अन्य सार्वजनिक स्थानहरुमा यस अघि जडान भएका सी सी टि भी क्यामरा मर्मत सम्भार समेत गरेको छ । नगरपालिकाले यस अघि नै सम्पुर्ण वडा कार्यालय लक्षित अत्याधुनिक प्रविधिको सी सी टि भी जडान गरिसकेको छ । यो संगै चरणबद्ध रुपमा नगरको विभिन्न स्थानहरुमा पनि सी सी टि भी जडान गर्ने कुरा नगर प्रमुख प्रल्हाद कुमार क्षेत्रीले जानकारी दिए । यस अघि विभिन्न संघ संस्थाहरुले हामि सिसिटिभि जडान गर्र्छौ भनेर भनेकाले केहि समय पर्खेको तर उनिहरुले नसकेपछि नगरपालिकाले आफ्नै श्रोतवाट जडान गरेको वताए । नगरवासिको शान्ति सुरक्षा नगरको प्राथमिकतामा रहेको हुँदा सडक दुर्घटना, चोरी लगाएतको विषयमा कमि आउने विश्वास व्यक्त गरे ।

वर्दिबास नगरपालिकाले आफ्नो वडा कार्यालयहरुमा यस अघिनै सिसिटिभि जडान गरीसकेको र आउने आर्थिक वर्षमा सवै स्वास्थ्य संस्थाहरु तथा शैक्षिक संस्थाहरुमा पनि जडान गर्ने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राममणि अधिकारीले वताए । सवैवडाको काम कारवाहिहरु आफ्नै कार्यालयमा वसेर अनुगमन गर्न सहज वनाएको छ । बजारको मुख्य–मुख्य चोकमा शान्ति सुरक्षालाई थप मजबुत बनाउनका लागि सीसी क्यामेराले सुरक्षा निकायलाई अझ थप सहयोग गर्ने अधिकारीको विश्वास छ ।
सीसी क्यामेराको प्रत्यक्ष निगरानी ईलाका प्रहरी कार्यालय वर्दिवासले गर्ने भएको छ । नीति, कार्यक्रम तथा बजेट अनुसार नै यो आर्थिक वर्षमा काम गरिएको थियो । क्रमशः अर्को वर्षका लागि पनि अर्को ठाउँमा सिसी क्यामेरा जडानका लागि बजेट पारित गरिने नगरपालिकाले जनाएको छ । आपराधिक क्रियाकलापसँगसँगै सडक दुर्घटना न्यूनीकरणका लागि यसवाट सहयोग पुग्नेछ । बजार क्षेत्रको शान्ति सुरक्षा बलियो बनाई यस क्षेत्रलाई सफा, सुन्दर, सुरक्षित र व्यवस्थित बनाउनका लागि सीसी क्यामेरा जडान सुरु गरिएको नगरपालिकाले जनाएको छ ।
