शुभ स्वस्तिक हस्पिटलद्वारा ‘शुभ स्वस्तिक सहारा योजना’ संचालन — हाल सदस्यता निःशुल्क, सेवाग्राहीहरू उत्साहित

[sharethis-inline-buttons]

आज्ञा खबर
बर्दिवास

महोत्तरीको बर्दिवासस्थित शुभ स्वस्तिक हस्पिटल प्रा.लि.ले आम नागरिकलाई लक्षित गर्दै ‘शुभ स्वस्तिक सहारा योजना’ नामक विशेष स्वास्थ्य सेवा सुविधा सञ्चालनमा ल्याएको छ। अस्पतालका अनुसार हाल यो योजनामा पूर्ण रूपमा निःशुल्क सदस्यता खुलाइएको छ, जसबाट सेवाग्राहीहरूले अस्पतालका विभिन्न सेवामा २० प्रतिशतसम्म छुट पाउनेछन्।

हस्पिटल प्रशासनले यो योजना केही समयका लागि मात्र निःशुल्क राखिएको स्पष्ट पारेको छ। श्रावण १ गतेपछि योजना पुनः सशुल्क हुने भएकाले सेवाग्राहीहरूले अहिले नै सदस्यता लिन भीडभाड गरिरहेका छन्। सामान्य अवस्थामा योजना सदस्यता शुल्क रु ३०० देखि रु १००० सम्म निर्धारण गरिएको भए पनि, हस्पिटलको विशेष पहलस्वरूप हाललाई सबैका लागि खुला गरिएको हो।

अस्पताल प्रशासक आशिष रिजालका अनुसार, “गुणस्तरीय सेवा मात्र होइन, सबैका लागि सहज पहुँच सुनिश्चित गर्न हामीले यो योजना सुरु गरेका हौं। यसले सेवाग्राहीहरूलाई आर्थिक रूपमा समेत राहत दिनेछ।”

छुट पाइने सेवा क्षेत्रहरू:

  • ओपीडी सेवा

  • प्रयोगशाला तथा अन्य चिकित्सकीय जाँचहरू

  • सर्जिकल सेवा (शल्यक्रिया शुल्क)

  • भर्ना तथा बेड शुल्क
    लगायत अन्य नियमित सेवामा योजनाअन्तर्गत छुटको व्यवस्था गरिएको छ।

अस्पताल परिसरमा योजना सुरू भएदेखि नै सेवाग्राहीहरूको उल्लेखनीय उपस्थिति देखिएको छ। कतिपय सेवाग्राहीहरूले सदस्यता लिई तत्कालै छुटको लाभ लिन सुरु गरिसकेका छन्।

अस्पताल प्रशासनले भविष्यमा पनि यस्ता जनमुखी योजना ल्याइ सेवा प्रवाहलाई अझ प्रभावकारी, सहज र सर्वसुलभ बनाउँदै लैजाने प्रतिबद्धता जनाएको छ।

स्वास्थ्य क्षेत्रमा सस्तो, सहज र गुणस्तरीय सेवा दिन अग्रसर शुभ स्वस्तिक हस्पिटलको यो पहललाई स्थानियले सकारात्मक रूपमा लिएका छन्। हस्पिटलले विशेष गरी मध्यम तथा निम्न आय वर्गलाई लक्षित गरेर ल्याएको यो योजना हालको आर्थिक परिस्थितिमा एक राहतको श्वास बनेको देखिन्छ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...