आज्ञाखवर
वर्दिवास
महोत्तरीको गौशला नगरपािलकामा रहेको त्रिभुवन जनता माध्यमिक विद्यालयका कक्षा ८ सम्म अध्ययन गर्ने करीव ५०० छात्रछात्रालाई शैक्षिक तथा खेलकुद सामग्री वितरण गरिएको छ । नेपाल औषधि व्यवसायि संघको ५२औ स्थापना दिवशको अवसरमा महोत्तरी शाखाले विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई शैक्षिक तथा खेलकुद सामग्री वितरण गरेको हो ।
विद्यार्थीहरूको न्यूनतम आवश्यकता पुरा गर्ने उद्देश्यले विद्यालयमा, स्टेस्नरी सामग्री, जुसँहरु वितरण गरिएको थियो । विद्यालयमा आउने अधिकांश बालबालिकामा किताबी ज्ञानले मात्र पर्याप्त नहुने हुनाले वाह्रय कार्यक्रममार्फत् पनि आफूलाई अगाडी बढाउन आवश्यक रहेको संघका प्रतिनिधि दिपक कार्किले वताए । साथै शैक्षिक सामग्रीहरू वितरण गरेर विद्यार्थीलाई पढाइमा प्रोत्साहन मिल्ने भन्दै सबैलाई यस्ता कार्यमा ध्यान र सामुदायिक विद्यालयको गुणस्तर वृद्धिमा सहयोग गर्न संघ तरार रहेको कार्किले वताए ।





































