माधव पौडेल
वर्दिबासमा आजभोलि नेपाल प्रहरी ज्यादै सक्रिय छ । हुन त नयाँ कार्यालय प्रमुख आउँदा दुई चार महिना यस्तो सक्रियता वर्दिबासवासिले सधै नै महसुश गर्ने गरेका हुन् । वाकि रह्यो यो कतिको निरन्तरता रहन्छ ? वर्दिबास क्षेत्रका धेरै समस्याहरु छन् जस्लाई समाधान गर्न नेपाल प्रहरी र तेस्को नेतृत्वले मन ग¥यो भने धेरै नै काम फत्ते गर्न सम्भव छ । नेपाल प्रहरी संग असिमित अधिकार छन् जस्को सदुपयोगवाट पाटो सकारात्मक तर्फ अगाढि वढ्छ भने अन्यथा नकारात्मकमा गएर सकिन्छ ।

फाईल तस्वीरः ईलाका प्रहरी कार्यालय वर्दिवासका प्रमुख प्रनाउ विकास बम एक कार्यक्रममा(रोयल मिडिया ग्रुप)
भर्खर भर्खर मात्र सुदुरपश्चिमका स्थायिवासिन्दा प्रहरी नायव उपरिक्षक विकास वम कार्यालय प्रमुखको रुपमा हाजिर भएका छन् । फुर्तिलो शारीरीक सुसंगठन भएका, कामलाई भोलि गरौला भनेर थाति नराख्ने, चौविसै घण्टा एउटै रफ्रतारमा आफु सहित फिल्डमा खटिने वानिका कारण वर्दिबासवासिमा शान्ति सुरक्षा, अमन चयनको क्षेत्रमा केहि परीवर्तन हुन लागेको भन्ने आभाश पाइएको छ । लागु औषध न्युनिकरण, मोटरसाईकल चोरी नियन्त्रण, शान्तिसुरक्षामा दिनरात गस्ति, सवै क्षेत्र संग समन्वय, पुराना अपराधका फाईल पल्टाउने जस्ता कार्यवाट मोर्निङ सो द डे भनेजस्तो आशाका किरण झुल्कीएका छन् ।
जहीँकहीँका प्रहरी कार्यालयमा इन्चार्ज बदलिँदा हल्लीखल्ली मच्चिएकै हुन्छ । अझ शहरी क्षेत्रमा त झन् आशा र संशयको केन्द्र उही इन्चार्ज बन्छ । जहाँ गुण्डागर्दी, जुवा, कालोबजारी, यौन व्यापार, चन्दा असुलीमा संलग्न यावत् धन्दावालहरू सलबलाइरहेका हुन्छन् । प्रहरी सक्रियता यतिसम्म चुलिन्छ कि पुरानो ’सेटिङ’मा कामधन्दा चलाइरहेकाहरू आक्रोशले आगो हुन्छन् । वर्दिवासवासिलाई के डर छ भने समय घर्किंदै गएपछि ’नमच्चिने पिङको सय झट्का’ भनेजस्तो त्यस्ता हल्लीखल्ली सेलाउँदै जान्छन् कि ? । नयाँ अनुहार फेरि पुरानै सेटिङमा धेरथोर अभ्यस्त भइहाल्छन् की ?
चर्चा होटलमा छापामारी
वर्दिबासका केहि होटलहरुमा यौन व्यवसाय हुने गरेको कुरा नौलो विषय होईन तर यसैको आधारमा सिंगो होटल व्यवसायीलाई र ठाउँलाई नै वदनाम गराउन भने नेपाल प्रहरीले पनि मिल्दैन । एक त लागू औषधको अखडाको रुपमा वर्दिवासलाई वदनाम गराइएको छ भने अर्को अवैध यौन धन्दा हुने स्थानको रुपमा चिनिनु आफैमा नराम्रो विषय हो । पहिलो कुरा प्रहरीको कुनै कर्मचारीले वर्दिबासलाई राम्रो वनाईंदिन्छ भनेर वर्दिवासवासि कानमा तेल हालेर वस्यौ भने त्यो भन्दा अन्यथा अरु हुन सक्दैन । कर्मचारी आज आउछन भोली जान्छन तर यहाँका वासिन्दा पूस्तौ पुस्ता यहि वस्नुपर्ने हून्छ त्यो भएर वर्दिवासवासि चनाखो भएमा न होटलमा छापा मार्न प्रहरी जानुपर्छ न लागु औषधको कारोवारीलाई प्रहरीले पक्राउ गर्नुपर्छ । हाम्रा होटललाई अनुशासित गर्न होटल संघ आफै अग्रशर हुनुपर्छ भने लागुऔषध नियन्त्रणको लागि नागरीक समाज सचेत र चनाखो हुनुपर्छ ।
प्रहरीले अनुसन्धानका नाममा सार्वजनिक अपराध ऐनलाई आफूअनुकूल प्रयोग गर्दै गलत मनसायले आफूहरूलाई दुःख मात्र दिइरहेको होटल सञ्चालकहरूको आरोप छ । उनीहरूको गुनासो छ, ’त्यस्ता जोडीलाई कोठा नदिए कसलाई दिनु? खाली राख्नु?’
प्रहरीका अनुसार श्रीमान, श्रीमतीबाहेकको शारीरिक सम्बन्धलाई कानुनले वर्जित गरेको भन्दै त्यस्तालाई जहाँबाट जतिबेला पनि पक्रन सकिने बताउँछ । ’हट स्पटहरूमा नियमित चेकजाँच भइरहन्छ,’ ’ब्वइफ्रेन्ड–गर्लफ्रेन्ड भन्दैमा कानुनले छोड्न मिल्दैन ।
कानुनका जानकारहरूका अनुसारः कानुन कार्यान्वयन गराउने नाममा प्रहरीले मानिसको गोपनीयताको ख्यालै गर्दैन । चर्चा कमाउने नाममा कसैको व्यक्तिगत जीवनलाई प्रभावित गर्न खोज्नु झन् गम्भीर अपराध हुने उनीहरूको भनाइ छ । सिन्धुलीका अधिवक्ता विजय दहालको भनाईमा प्रहरीले गरिरहेको कामलाई गलत रूपमा मात्र बुझ्न नहुने बताउँछन् । ’सार्वजनिक प्रतिकूलताका बाबजुद नैतिकता कायम गर्न प्रहरीले गरेको प्रयासलाई अन्यथा सोच्नु हुँदैन,’ उनी भन्छन्, ’तर, व्यावसायिक रूपमा वा कम उमेरमा वा हाडनाता बाहेकमा स्वेच्छाले राखिने सम्बन्ध व्यक्तिको अधिकार हो ।’ स्वेच्छाले राखिने सम्बन्धलाई स्पष्ट गर्ने कानुनी व्यवस्था आवश्यक रहेको उनी बताउँछन् ।





































