क्रिष्टल चुरा पोते बनाउने सात दिने तालिम सम्पन्न

[sharethis-inline-buttons]

माधव पौडेल
वर्दिबास

वर्दिबास नगरपालिका वडा नं. १ को आयोजना तथा महिला उद्यमी संघ महोत्तरीको प्राविधिक सहयोगमा महिला दिदिबहिनीहरुको लागि स्वरोजगार बनाउने उद्धेश्यले सात दिने क्रिष्टल तथा मोतीका चुरा पोते बनाउने तालीम सम्पन्न भएको छ । वर्दिबास नगरपालिका वडा नं. १ का वडाअध्यक्ष भोला खड्काले सात दिन पहिले उद्घाटन गरी शुरु भएको तालिम आज समापन गरीएको हो । वर्दिवास नगरपालिकाका रोजगार संयोजक लभ यादवका अनुसार, आर्थिक उन्नतीका लागि दिदिबहिनीहरु आफै अग्रसर हुन र सिकेको सिप ब्यवहारमा लागु गर्न अनुरोध गर्नु भयो ।

कार्यक्रम व्यवस्थापक सुदीप कार्किले महिला दिदिबहिनीहरुलाई स्वरोजगार वनाउने उद्धेश्यले तालीमको आयोजना गरिएको बताउनु भयो । वर्दिबास नगरकी कार्यपालिका सदस्य लक्ष्मि कोईरालाले सिकेको सिप ब्यवहारमा लागु गरी ब्यावसायको रुप दिईने बताउनु भयो । सिपले सफलता तर्फ लैजाने हुदा लगनशिलताका साथ लाग्न आग्रह गर्नु भयो । वडा नम्वर १ का २५ जना महिला दिदिवहिनिहरुले सिकेको तालिममा सहभागिहरु अत्यन्तै मेहनति रहेकाले उनिहरुले यो तालिम पश्चात मासिक न्युनतम पनि २० हजारको आम्दानि गर्न सक्ने तर्फ महिला उद्यमी संघकी सविना पौडेलले इंकित गर्नुभयो ।

 

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...