माधव पौडेल
वर्दिबास
वर्दिबास नगरपालिकाले आज आईतबारदेखि तीन पाङ्ग्रे ई–रिक्सा (सिटी सफारी) दर्ता प्रक्रिया शुरु गरेको छ । अव्यवस्थित रूपमा रहेको ई–रिक्सा सवारी कार्यविधिअनुसार मात्र ई–रिक्सा दर्ता गरी चलाउन पाइनेभएको हो ।
सरकारले ई–रिक्सा व्यवस्थापन नगरहरू आफैले व्यवस्थित गर्न अनुमति दिएपछि वर्दिबासनगरले आफैले नियमावली तयार गरी नगर प्रमुख प्रल्हाद क्षेत्री, ई–रिक्सा सञ्चालक संघहरु र सम्बन्धित सरोकारवालासँग बैठक बसी आईतबारबाट दर्ता प्रक्रिया सुरु भएको हो ।
वर्दिबासमा मुख्य समस्याका रूपमा देखिएको ई–रिक्सा सवारी कार्यविधि बनेसँगै यातायात व्यवस्थापनमा सहजता हुने देखिएको छ । साथै, व्यवस्थित रूपमा लैजानलाई ई–रिक्सा दर्ता प्रक्रियामा नम्बरिङ पनि गर्नेभएको छ । जस्लेगर्दा ई–रिक्सा पहिचान गर्न ट्राफिक व्यवस्थापनमा सहजता हुने भएको छ ।
ई–रिक्सा चलाउन लाइसेन्स हुनुपर्ने भएकाले लाइसेन्स पनि यातायात कार्यालय वर्दिवासवाट नै जारीहुने हुँदा अझ सहज भएको छ । ई रिक्सा सिटी सफारी चालकले नगरपालिकालाई दर्ता प्रकृया थाल्न पटक पटक माग गरेकोमा नगर प्रमुख क्षेत्रीले कार्यविधिमा रहेर दर्ता प्रकृया थालिएको र चालकहरुले हरेक किसिमका समस्या भए कार्यपालिका बैठकबाट कार्यविधि संशोधन गर्ने बताउनुभयो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय वर्दिवासका प्रमुख
जिल्ला ट्राफिक प्रहरी कार्यालय वर्दिवासका प्रमुख प्र.नि. लक्ष्मिराज जोशिका अनुसार, नगरले दर्ता प्रकृया शुरु गरेर अत्यन्तै सराहानिय काम गरेको र अव तिन पाङ्ग्रे सवारीसाधनहरुको व्यवस्थित पार्किङ्ग गराउन सके वर्दिवास वजारको ट्राफिक व्यवस्थापन सहज हुने देखिन्छ । तथ्यंकगत हेर्दा तिन पाङ्ग्रे सवारीको दुर्धटना कम भएको देखिएता पनि सवै पक्ष सजग भने हुनुपर्ने जोशिको भनाई छ । ई रिक्शा चालकलाई समय समयमा ट्राफिक नियम सम्वन्धी जानकारी कार्यलयले दिने गरेको हुँदा अव नगरपालिकाले पनि त्यो कामलाई निरन्तरा दिएर रुट पर्मिट लगाएतलाई सहज वनाउन सहयोग गर्नुपर्ने वहाँको भनाई छ ।
दर्ता थालिएको दिन नै ४५ वटा रिक्शा दर्ता भएको नगर प्रहरी प्रमुख फणिन्द्र कार्किले जानकारी दिए । आर्थिक ऐनअनुसार निजी ई–रिक्सा दर्ताका लागि एक हजार रुपियाँ लाग्न छ । ई रिक्सा संघका अध्यक्ष काजि सुस्लीङ मगरले नगर प्रमुखले हाम्रो माग सुनुवाई गरीदिएर दर्ता शुरु गरेकोमा अत्यन्तै खुसि लागेकोले सवै व्यवसायि साथिहरुको तर्फवाट धन्यवाद दिएका छन् ।





































