उदयपुरमा ठुलो परिणाममा गाँजा बरामद, दुई महिला पक्राउ

[sharethis-inline-buttons]

आज्ञा खबर
उदयपुर
उदयपुरको चौदण्डीगढी नगरपालिका–१ रानीटारबाट ठूलो मात्रामा गाँजा बरामद गरिएको छ। प्रहरीले ३५ बोरा गाँजासहित दुई महिलालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार, पक्राउ परेका महिलाहरूमा रानीटार निवासी ४१ वर्षीया रत्न माया श्रेष्ठ र सोही स्थानकी अनुमानित ४२ वर्षीया कमला श्रेष्ठ रहेका छन्। प्रहरी उपरीक्षक हरिहर नाथ योगीका अनुसार, रत्न माया श्रेष्ठको घरमा लुकाई राखिएको अवस्थामा १,१४३ किलोग्राम गाँजा फेला परेको हो।

गाँजा घरको विभिन्न स्थानमा लुकाएर राखिएको थियो। विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय उदयपुर र इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाको संयुक्त टोलीले छापा मारेको थियो।

पक्राउ परेका दुबै महिलालाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...