रजवासः वत्तिमुनिको अध्यारो

[sharethis-inline-buttons]

माधव पौडेल
रजवास

महोत्तरी जिल्लाको सुदुर उत्तरतर्फको वस्ति हो रजवास । वर्दिवास नगरपालिका वडा नं. ३ मा पर्ने यो ठाउँलाईं देखाएर नगर, प्रदेश तथा केन्द्रले धेरै वजेट विनियोजन गरेका होलान तर सवै विकासलाई ओझेलमा पारेको छ यहाँको अन्धकारले । १०–१५ वर्ष अगाडि थोरै घरधुरीलाई लक्षित गरी जडान गरेको ५० केविको विद्युत ट्रान्सफर्मरले अहिले दोव्वर भन्दा पनि वढि घरधुरीलाई आवश्यक पर्ने विद्युतको माग पुरा गर्न नसक्दा वत्तिमुनिको अध्यारो नामले त्याहाँका वासिन्दाले चिनाउन थालेका छन् ।

राजावास निवासी युवा नेता मृगेन्द्र कुमार श्रेष्ठका अनुसार यो समस्या धेरैपटक हामिले विद्युत प्राधिकरणमा राख्यौ तर कहिले सामाधान भएन । हामिलाई ठुलो कुरा केहि होईन विद्युतको नियमित विलपनि सवैले भुक्तानी गरीएकै छ मात्र १०० केवि क्षमता भएको विद्युत ट्रान्सफर्मर जडान गरीदिए विद्युत संग सम्वन्धित हाम्रो सवै समस्या समाधान हुने थियो ।

कुटन पिसनको मिल चलाउन, खानेपानिको लागि आवश्यक पर्ने मोटर चलाउन लगाएत विभिन्न अत्यावश्यक कामको लागि भोल्टेज कम हुने हुँदा यहाँका वासिन्दा धेरै नै मर्कामा परेका छन् । नेपाल सरकारको निति अनुरुप सवै जनतामा विद्युत सेवाको पहुँच पुगेको भएता पनि आवश्यक भोल्टेज सहितको नहुँदा काम न काजको भएको छ ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...