आर्थिक वर्ष २०८१÷८२ को तेस्रो त्रैमासिक समीक्षा गोष्ठी बर्दिवासमा सम्पन्न

[sharethis-inline-buttons]

आज्ञा खबर
बर्दिवास
मधेश प्रदेश सरकार अन्तर्गत भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय तथा कृषि विकास निर्देशनालय,नक्टाझिझ धनुषाको आयोजनामा आर्थिक वर्ष २०८१÷८२ को तेस्रो त्रैमासिक समीक्षा गोष्ठी महोत्तरीको बर्दिवासमा सोमवार सफलतापूर्वक सम्पन्न भएको छ।

गोष्ठीमा कृषि मन्त्रालय अन्तर्गत रहेका विभिन्न कार्यालयका प्रमुख, कृषि प्राविधिक, योजना तथा अनुगमन शाखाका प्रतिनिधिहरू, तथा अन्य सम्बन्धित सरोकारवालाहरूको सक्रिय सहभागिता रहेको थियो। कार्यक्रममा चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मका उपलब्धि, कार्यान्वयनमा आएका चुनौतीहरू, बजेट खर्चको अवस्था, कृषि परियोजनाहरूको प्रगति विवरण, तथा आगामी कार्ययोजनाका विषयमा विस्तृत रूपमा छलफल गरिएको थियो।

कार्यक्रमको प्रमुख उद्देश्य प्रदेशभरिका कृषि ज्ञान केन्द्र प्रयोगशााला तथा कृषि सम्बन्धि कार्यगर्ने कार्यालयहरूबाट प्राप्त त्रैमासिक प्रतिवेदनको समिक्षा गर्दै, योजनाको प्रभावकारिता मूल्याङ्कन गर्नु र आवश्यक सुधारका रणनीतिहरू तय गर्नु रहेको थियो।

गोष्ठीको समापन सत्रमा मधेश प्रदेशका कृषि मन्त्री निर्देशनालयका निर्देशक, सम्बन्धित मन्त्रालयका प्रतिनिधिहरू, तथा सहभागीहरूको समिक्षाबाट प्राप्त मुख्य निष्कर्ष र सुझावहरूप्रति विशेष जोड दिइयो। सहभागीहरूले एकआपसमा अनुभव साटासाट गर्दै स्थानीय स्तरमा कृषि उत्पादन वृद्धि, बजेट कार्यान्वयनमा गति, र कृषक अनुकूल कार्यक्रम विस्तारका लागि समन्वयात्मक प्रयास आवश्यक रहेको धारणा व्यक्त गरे।

गोष्ठीले मधेश प्रदेशको कृषि क्षेत्रमा देखिएका समस्या समाधानतर्फ योजनाबद्ध र प्रभावकारी कदम चाल्न मार्गनिर्देशन गर्ने अपेक्षा गरिएको छ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...