रौतहटका पत्रकार फणिदेव महतको निधन

[sharethis-inline-buttons]

आज्ञा खबर
रौतहट
पत्रकारिता क्षेत्रमा दुई दशकभन्दा बढी समय समर्पित गरेका रौतहटका वरिष्ठ पत्रकार फणिदेव महतको निधन भएको छ। ब्रेन ट्युमरबाट पीडित ४८ वर्षीय महतको उपचारका क्रममा काठमाडौँस्थित अन्नपूर्ण न्युरो अस्पतालमा गए राति निधन भएको हो।

अन्नपूर्ण पोस्ट दैनिक रौतहटका संवाददाता रहेका महत स्थानीय सञ्चार क्षेत्रका प्रभावशाली व्यक्तित्व थिए। उनी चन्द्रनिगाहपुरबाट सञ्चालित रेडियो सुप्रिम र अनलाइन पोर्टल ‘कलमपाटी डटकम’ का सञ्चालक समेत थिए। साथै, प्रेस चौतारी नेपालको मधेस प्रदेश अध्यक्षको जिम्मेवारीसमेत सम्हालेका महतले क्षेत्रीय पत्रकारिताको प्रवद्र्धनमा महत्त्वपूर्ण योगदान दिएका थिए।

स्वर्गीय महतका श्रीमती र दुई छोराछोरी छन्। उनका पार्थिव शरीर चन्द्रपुर नगरपालिका स्थित निवासमा राखिएको छ भने आजै रौतहटको बाग्मती नदी किनारमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जानकारी दिएको छ।

पत्रकार महतको निधनले मधेसको पत्रकारिता क्षेत्रमा अपूरणीय क्षति पुगेको सहकर्मीहरूले बताएका छन्।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...