महोत्तरीको नेपाल–भारत सीमामा सुरक्षा कडाइ

[sharethis-inline-buttons]

आज्ञा खबर
महोत्तरी
भारत–पाकिस्तानबीचको पछिल्लो कूटनीतिक तनावको प्रभाव नेपाल–भारत सीमामा पनि देखिन थालेको छ। यसै सन्दर्भमा प्रहरी प्रधान कार्यालयले नेपाल–भारत सीमाक्षेत्रमा सुरक्षा सतर्कता उच्च बनाउने निर्देशन दिएको छ।

उक्त निर्देशनअनुसार महोत्तरी जिल्लाको समेत सीमामा सुरक्षा व्यवस्था कडाइ गरिएको छ। जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक शैलेन्द्र भट्टका अनुसार सीमाबाट आवतजावत गर्ने यात्रुको पहिचान अनिवार्य प्रमाणीकरण गरिनेछ। त्यस्तै, यात्रा उद्देश्य र सवारी साधनको विवरणसमेत अभिलेख राखिने व्यवस्था मिलाइएको छ।

भट्टले भारत–पाकिस्तानबीच उत्पन्न तनावलाई ध्यानमा राख्दै प्रहरी प्रधान कार्यालय तथा मधेश प्रदेश प्रहरी कार्यालयका निर्देशनलाई प्रभावकारी रूपमा कार्यान्वयन गरिरहेको बताए।

अबदेखि सीमा नाकामा हुने आवागमन व्यवस्थित, सुरक्षित र नियन्त्रित बनाउन विशेष चेकजाँचको प्रक्रिया लागू गरिएको छ। यात्रुहरूको आगमन र प्रस्थानको अभिलेख राखेर मात्र आवतजावतका लागी अनुमती गरिने जानकारी दिइएको छ।

यस्तो सतर्कता लागू हुनुअघि नेपाल–भारत सीमावर्ती क्षेत्र वा भारतीय बजारबाट स्थल मार्गमार्फत दुबै देशका नागरिक सहज रूपमा ओहोरदोहोर गर्दै आएका थिए।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...