आज्ञा खबर
जनकपुरधाम
केही दिनअघि पाकिस्तानी सेना प्रमुखले हिन्दू–मुस्लिमबीच द्वन्द्व फैलिने अभिव्यक्ति दिएपछी त्यसको बिरुद्धमा जनकपुरधाममा मंगलवार विरोध जुलुस निकालिएको छ ।
भारतको कश्मिरमा भएको आतंकवादी हमला र पाकिस्तानी सेना प्रमुखले दिएको अभिव्यक्तिविरुद्ध जनकपुरमा प्रदर्शन गरिएको हो ।
नेपाल–भारत खुला सीमा संवाद समूह र शहिद संजय चौधरी स्मृति प्रतिष्ठानको संयुक्त आयोजनामा गरीएको प्रदर्शनमा पाकिस्तानी सेना प्रमुखको पुत्ला समेत जलाइएको छ ।
केही दिनअघि पाकिस्तानी सेना प्रमुखले हिन्दू–मुस्लिमबीच द्वन्द्व फैलिने अभिव्यक्ति दिएका थिए । त्यसको केही दिनपछि कश्मिर घटना भएको थियो ।
पाकिस्तानी सेना प्रमुखले गैरराजनीतिक, धार्मिक द्वन्द्व फैलाउने अभिव्यक्ति दिएको र त्यसपछि भएको घटनामा हिन्दूहरूलाई मात्र मारिएकाले पाकिस्तान र सेना प्रमुखविरुद्व पनि प्रदर्शन गरेको प्रदर्शन अगुवा संवाद समुहका अध्यक्ष राजिव झाले जानकारी दिए ।
उनले आतंकवाद कुनै पनि हालतमा कसैका लागि पनि हितकर नभएकाले आतंकवादविरुद्व सबै एक हुनपर्नेमा जोड दिए ।
विरोध प्रदर्शनमा जनकपुरधामका मुस्लिम समुदायका अगुवा र युवाहरूको पनि सहभागिता रहेको थियो । उनीहरूले पनि आतंकवादको विरोध गर्दै आतंकवादीलाई प्रश्रय दिनेको विरोधमा उत्रिन आवश्यक रहेको बताउँदै आक्रोश व्यक्त गरेका थिए।

