वर्दिबासको पुरानो वजार अत्याधुनिक वन्दै

[sharethis-inline-buttons]

माधव पौडेल
वर्दिबास

साविक वर्दिवास गा.वि.स. अन्तर्गतको पुरानो ऐतिहासिक वजार स्तरोन्नती हुने भएको छ । डिपिआर सहित अत्याधुनिक वन्न लागेको उक्त वजार हाल वर्दिवास नगरपालिका वडा नं. १४ मा पर्दछ । जनता मा.वि. वर्दिवास न.पा. २ को पुर्णस्वामित्वमा रहेको उक्त वजारमा वर्दिवास नगरपालिकाको लगानिमा १५२ वटा खुल्ला स्टल निर्माण गरीने भएको छ । नगरपालिकाले ई विडिङ्ग मार्फत टेण्डर गरी उपासना कन्ट्रन्सन प्रा.लि. वर्दिबास १, ले वजार निर्माणको जिम्मा पाएको थियो । १ करोड ७ लाख १७ हजार रुपैयाको लगानिमा उक्त कार्य सम्पन्न गरीने छ । एक वर्ष समयसिमा दिएर गरीएको सम्झौता अुनसार आज एक कार्यक्रमको विच वर्दिवास नगरका नगरप्रमुख प्रह्लाद कुमार क्षेत्रीले सिलान्यास गरेका छन् । वर्दिवासको वजारीकरणलाई व्यवस्थीत गर्न र पुरानो ईतिहासलाई समेत जगेर्ना गर्नु नगरको दायित्व भएको सिलान्यास गर्दै नगरप्रमुखले वताए । वजार व्यवस्थापन संगै वर्दिवासको वसपार्क व्यवस्थापन तर्फ भईरहेको कामलाई अझ प्रभावकारी रुपमा अगि वढाउने जानकारी दिए ।

एक वर्ष समयावधि भएता पनि २०८२ को असार मसान्त सम्म काम सम्पन्न गरेर हस्तास्तरण गर्ने उपासना कन्ट्रन्शनका संचालक उज्वल काफ्ले वताउछन् । म पनि स्थानिय भएको हुँदा समयमा काम सम्पन्न गर्न र सम्झौतामा उल्लेख भए अनु्सारको गुणस्तर प्रदान गर्नु दायित्व भएकोले यस्मा आफुले सम्झौता नगर्ने

संचालक काफ्लेको प्रतिवद्धता छ । जनता मा.वि. वर्दिवासका प्राधान्याध्यापक टोप वहादुर ज्युले विद्यालयको आर्थिक पाटोमा यो वजारको व्यापारिक स्टल निर्माण पछि अझ वढोत्तरी भई विद्यार्थिहरुको सापेक्षिक विकासमा ध्यान दिन सहयोग पुग्ने जानकारी दिन्ँछन् । नगर प्रवक्ता एवम वडा नम्वर १४का वडा अध्यक्ष विजय महतोका अनुसार वडाको मुटुमा रहेको यो वजारलाई सुन्दर, सफा र व्यवसायमैत्रि वनाउन नगरले गरेको यो सहयोग जनमैत्रि भएको वताउछन् ।