माधव पौडेल
वर्दिबास
वर्दिवास नगरपालिकामा भएको पहिलो वडास्तरीय मेयरकप फुटवल प्रतियोगिताको उपाधि वडा नम्वर ८, हाथिलेटले जितेको छ । यहि वैसाख ३ गतेवाट शुरु भई आज भएको वडास्तरीय मेयरकपको फाईनल खेलमा वडा नम्वर ५ लाई निर्धारीत खेलमा १ का विरुद्ध ३ गोल गर्दै वडा नम्वर ८ विजेता वनेको हो । पहिलो हाफ वरावरीमा सकिएको प्रतिस्पर्धात्मक खेलमा दोश्रो हाफको मध्यतिर वडा नम्वर ८ ले पहिलो गोल गरेको थियो भने संगसंगै लगातार थप २ गोल गरी खेल ३–० को अवस्थामा थियो । खेल एकपक्षिय भएको भनि केहि दर्शक मैदान वाट घर फर्किनै लाग्दा वडा नम्वर ५ ले १ गोल फर्काई आफ्नो टिमलाई ० को हारवाट भने जोगाएको थियो ।
विजेता टिमले ५१ हजार नगद सहित ट्रफि र उपविजेतालाई २५ हजार नगद सहित ट्रफि प्रदान गरीएको थियो । खेल वर्दिबास नगरपालिकाको आर्थिक सहयोगमा राईजिड युवा क्लव वर्दिवासले आयोजना गरेको हो । समापन कार्यक्रममा विजेताटिमलाई पुरस्कार प्रदान गर्दै कार्यक्रमका प्रमुख अतिथि वर्दिबास नगरपालिकाका नगर प्रमुख प्रह्लाद कुमार क्षेत्रीले खेललाई सधै प्राथमिकता दिएको वताए । वर्दिवासमा महिलाहरुको पनि फुटवल खेल खेलाउने वचन मेयर क्षेत्रीले दिए भने खेलका क्रममा घाईते खेलाडीलाई नगरपालिकाले निशुल्क उपचार गर्ने घोषणा समेत गरे । कार्यक्रम क्लवका अध्यक्ष वादल भुजेलको अध्यक्षतामा भएको थियो भने वर्दिवास नगरपालिकाका शिक्षा शाखा प्रमुख रेवती पराजुली, शिक्षा अधिकृत रोमण निरौला, लगाएतले शुभकामना मन्तव्य राखेका थिए ।