अहाज्ञा खबर
सिन्धुली
गुडिरहेको टिफरमा सिन्धुलीमा शनिबार राती आगलागी भएको छ । मदनभण्डारी राजमार्ग अन्र्तगत सिन्धुलीको कमलामाई नगरपालिका४ खटारमा राती ११ बजे गुडिरहेको टिफरमा आगलागी भएको हो । सिन्धुली कन्ट्रकसनको टिफरले डाँढी क्रसरबाट गिटि लोड गरेर तिनकन्यातर्फ जादै गरेको ना. ७ ख ९८२३ नम्बरको टिफर आगलागी भएको हो । गुडिरहेको टिफरको इन्जिनबाट एक्कासी आगो निस्किएर आगलागी भएको प्रहरीले जानकारी दिएको छ । तिनपाटन गाउँपालिका ३ राम्चे का ३२ वर्षिय भक्त बहादुर पाख्रिनले चलाएको टिफरमा आगलागी भएको हो । आगो नियन्त्रणको लागि कमलामाई नगरपालिकाको दमकल घटनास्थलमा पुगेको थियो । दमकलको सहायताले आगो नियन्त्रणमा भएको हो । आगलागीले गाडीको ईन्जिन अगाडीको सिसा र चालकको सिटमा क्षेतीपुगेको छ । मानविय क्षेती नभएको प्रहरीले जानकारी दिएको छ ।
सिन्धुलीमा गुडिरहेको टिफरमा आगलागी
© 2026: Aagya Khabar | All right reserved | Privacy Policy
Powered by: ProTech





































