आज्ञा खबर
काठमांडौ
समाजवादी मोर्चाले आगामी चैत गणतन्त्रको पक्षमा काठमाडौंमा प्रदर्शन गर्ने भएको छ ।
मङ्गलबार बसेको मोर्चाको बैठकले आगामी चैत १५ गते गणतन्त्रको पक्षमा प्रदर्शन गर्ने निर्णय गरेको नेत्रविक्रम चन्द (विप्लव)को नेतृत्वमा रहेको नेपाल कम्युनिष्ट पार्टीका नेता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड)ले जानकारी दिए ।
‘चैत १५ गते काठमाडौंमा गणतन्त्रको पक्षमा, प्रतिगामी र प्रतिक्रान्तिकारीको विरोधमा प्रदर्शन सहितको ठूलो विरोधसभा गर्ने निर्णय भएको बताए ।
साथै, यसबारे अन्य दलहरुसँग पनि छलफल गरिने निर्णय गरेको जनाए ।