कुलमान घिसिङको बिषयमा सरकारले गरेको टिप्पणी अनावश्यक छ : कांग्रेस महामन्त्री थापा

[sharethis-inline-buttons]

आज्ञा खबर
सिन्धुली
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सङ्घमा संसदीय व्यवस्था उपयुक्त रहेपनि प्रदेशमा प्रत्यक्ष निर्वाचित मुख्यमन्त्री प्रणाली लागू गर्नुपर्ने बताएका छन । नेपाली कांग्रेस क्षेत्र नं १ सिन्धुलीको प्रथम क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै महामन्त्री थापाले“प्रदेशमा मुख्यमन्त्रीलाई प्रत्यक्ष निर्वाचित गरेर अधिकतम पाँच मन्त्री राख्न दिने व्यवस्था गर्नुपर्नेमा जोड दिए । उनले प्रदेश सरकारलाई आर्थिक र प्रशासनिक रूपमा अधिकार सम्पन्न बनाउनुपर्ने भन्दै
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको बिषयमा सरकारले गरेको टिप्पणी अनावश्यक रहेको जनाए ।
तीन–चार महिनापछि सेवानिवृत्त हुन लागेका व्यक्तिको पछि लागेर सरकारले गरीरहेको अनावश्यक टिका टिप्पणी बेठिक हो”उनले भने “पचासवटा राम्रो काम गर्दा एउटा नराम्रो भयो भने त्यसले सबै राम्रा काम छोपिदिन्छ । राम्रो गर्न सकिँदैन भने कम्तीमा नराम्रो काम नगर्नोस् ।”

हाल बहालवाला मन्त्रीहरूलाई सही मार्गमा लैजान महामन्त्री थापाले प्रधानमन्त्रीसँग आग्रहसमेत गरेका छन।
“प्रधानमन्त्री भनेको मन्त्रिपरिषद्को नेतृत्वकर्ता हो । राम्रो कामको श्रेय पनि प्रधानमन्त्रीले पाउँछन्, नराम्रो कामको अबजस उनले नै लिनुपर्छ” उनले सङ्घीयताको मर्मअनुसार प्रदेशलाई थप अधिकार दिनुपर्ने र सरकारको कार्यसम्पादन सुधार गर्नुपर्ने कुरामा समेत जोड दिए ।