आज्ञा खबर
काठमांडौ
पूर्वयुवराज पारस शाहलाई नर्मल बेडमा सारिएको छ।हृदयाघात भएपछि आइतबार थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका शाहको स्वास्थ्य सुधारोन्मुख भएपछि उनलाई बेडमा सारिएको पूर्वराजा ज्ञानेन्द्र शाहको सचिवालयले जानकारी दिएको छ।
यसअघि उनी सघन उपचार कक्ष (आईसीयू) मा उपचारार्थ थिए, आज मंगलबार नै शाहलाई क्याबिनमा सारिएको हो। अहिले अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ।