सबै जाती र धर्म मान्ने सम्प्रदायको विविधतालाई सम्मान गर्दै अपनत्व महसुस गराएका छौ : प्रमुख क्षेत्री

[sharethis-inline-buttons]

आज्ञा खबर
बर्दिवास
बर्दिवास नगरपालिकाका नगर प्रमुख प्रह्लाद कुमार क्षेत्रीले नगरभित्र रहेका हरेक समुदाय, जातजातिका आ–आफ्ना रितीरिवाज, चाडपर्व र संस्कृति भएपनि सबै जाती र धर्म मान्ने सम्प्रदायको विविधतालाई नगरपालिकाले सम्मान गर्दै अपनत्व महसुस गराएको बताएका छन् ।
मेयर क्षेत्रीले शिबरात्रीको अवसरमा महोत्तरीको बर्दिवास ८ हातीलेटस्थित कोटेश्वरनाथ महादेब मन्दिरको स्वामित्वमा रहेको श्री बोधायन पुरुसोतमाचार्य गौ शरणगति आश्रमले राखेको महाशिबरात्री बिशेष कार्यक्रमलाई बुधवार उद्घाटन गर्ने क्रममा यस्तो बताएका हुँन ।
उनले बर्दिवासभित्र रहेको उक्त आश्रमलाई नगरपालिकाले सहयोग गर्न चाहेको भन्दै हाल नगरपालिकाको बजेट बिभिन्न शिर्षकहरुमा बिनियोजन गरी सकिएको जनाए । यसैगरी श्रीबोधायन पुरुसोतमाचार्य गौ शरणगति आश्रम सञ्चालनगर्न र भबन निर्माणकालागी श्रीमदभागबत एबं धान्याञ्चल बिराट महायज्ञ लागाईने भएको छ । कथाबाचक पंडित द्रोणराज सुबेदी (कृष्णचरणामृत) को मुखरबिन्दुबाट लगाईने योजना रहेको महायज्ञमा पुवाङ्ग तथा शोभायात्रा,पाठपरायण,कथा प्रबचन,झाँकी प्रदर्शन गरीने आश्रमका सल्लाहकार निलकण्ठ न्यौपानेले जानकारी दिए ।